दक्षिण एशियामै पहिलो, नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

काठमाडौँ । दक्षिण एशियामै पहिलो नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । माटोमा रहेका विभिन्न तत्व वा गुणहरु देखाउनका लागि कम्प्युटर प्रविधिको प्रयोग गरी तयार गरिएको नक्सा नै डिजिटल नक्सा हो । माटोमा रहेका तत्वहरु र तिनलाई वातावरणीय कारणबाट पर्ने प्रभावसमेतलाई गणितिय तथा तथ्याङ्गीय मोडेलको माध्यमबाट प्रयोग शालामा विश्लेषण गरिएका माटाको नतिजाको आधारमा तयार गरिने यस्ता नक्साले माटो सम्बन्धी विभिन्न सूचना दिने गर्छन । कृषि तथा पशुपन्छि विकास मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय मोटा विज्ञान अनुसन्धान केन्द्रले सिमिट नेपाल र नेपाल सीड एंड फर्टिलाइजर परियोजनाको सहयोगमा माटोको डिजिटल नक्सा तयार गरेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्साको सार्वजनिक गरेका हुन् । माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेर बदल नआउने दावी गरे । प्रधानमन्त्री ओलीले स्वार्थबाट लपेटिएका मानिसहरुमा यस्ता कुराले धेरै फरक पारे पनि आफूलाई फरक नपरेको बताए । उनले भने, ‘उदय सविता रक्तो रक्तश्चास्तमये यथा । सम्पत्तौ च विपत्तौ च महतामेकरुपता’, सँस्कृतश्लोक उधृत गर्दै प्रधानमन्त्रीले भन्ने आफु जस्तोसुकै परिस्थितिमा पनि दृढताका साथ यो देश बनाई छोड्ने अभियान रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताए । ‘माटोमा कुन पोषक तत्व छ, कुन पोषक तत्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउनसक्छ’, उनले भने । किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्च सक्ने पनि प्रधानमन्त्रीले बताए । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । प्रधानमन्त्री ओली डिजिटल नक्साले माटोमा रहेका विभिन्न गुणहरुले बालीनालीको बृद्धि र उत्पादनकत्वमा महत्वपूर्ण भूमिका खेल्न बताए । उनले कृषकहरुले आप्mनो बमोइलबाट नै आफ्नाे खेत बारीको माटोका ’boutमा जानकारी लिएर कृषि विज्ञहरुसँग छलफल गरी बाली लगाएर उत्पादन गर्न सक्ने बताए ।

प्रधानमन्त्री ओली अब कृषि उत्पादन डोको नाम्लोमा बोकेर बाटोमा विक्री गर्ने गरी कृषि उत्पादन गर्ने होइन भनेर विश्वबजारमा आप्mनो उत्पादन पुराउने गरी आधुनिक व्यवसायी गर्नु पर्ने बताए । उनले जति ठुलो मात्रामा कृषि उत्पादन ग-यो त्यति ठुलो बजार हुने बताए ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने तर्फ माटोको डिजिटल म्यापिङ महत्वपूर्ण फड्को भएको बताइन् । मन्त्री अर्यालले माटोको विद्युतीय नक्सांकन मार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्ने किसानले लिन सक्ने बताइन् । उनले कृषि मन्त्रालयमार्फत दक्षिण एशियाकै पहिलो देश हुनेगरी माटोको डिजिटल नक्सा तयार गर्न सफल भएको बताइन् ।

कृषि अनुसन्धान परिषद्का अध्यक्ष दिपक भण्डारीले माटोको डिजिटल नक्सा मार्फत कुन ठाउँको माटोमा कति उर्वराशिक्त, अम्लीयपन, प्रांगारिक पदार्थको मात्रा, माटोको बनोट लगायतका माटोका विभिन्न गुणहरु कृषकहरुले आप्mनो मोबाइल एप्सबाट नै सहजै रुपमा जानकारी लिन सक्ने उद्देश्यले नेपालमा माटोेको डिजिटल नक्सा तयार गरेको जानकारी दिए । उनले विगत चार वर्ष देखि अनुसन्धान गरी बल्ल माटोको नक्सा सार्वजनिक गर्न सफल भएको बताए ।

नक्साको आधारमा कृषकले आप्mनो जग्गामा मलको मात्रा कति प्रयोग गर्ने, कस्तो बाली लगाउन उपयुक्त हुने, आफ्नाे माटो कसरी सुधार गर्ने लगायतका विषयमा निर्णय लिन सक्ने छन् । अध्यक्ष भण्डारीले भने,‘ माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै नेपाल पहिलो भएको छ । यो नेपाली कृषकका लागि र देशकै लागि पनि गर्बको विषय बनेको छ, । ‘ नक्सा तयार गर्नका लागि देशभरिबाट २३ हजार २ सय ७३ वटा माटोका नमुनाको परीक्षण नतिजा विश्लेषण गरी नेपालको लागि उपयुक्त हुने प्रविधि अपनाई नक्सा तयार गरेको हो । उनले भने,‘ नक्सा मार्फत कृषकहरु र आम सरोकारवालाहरुले आफुलाई आवश्यक पर्ने स्थानको माटोको अवस्था र गुण’bout जानकारी लिन सक्ने छन् ।

नक्सांकन कार्यले नीति निर्माणकर्ता, अनुसन्धानकर्मी, कृषि प्रसारमा संलग्न प्राविधिकहरु, शिक्षक, प्राध्यापक, विद्यार्थी, कृषक, निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्ताहरुलाई माटोको अवस्था सम्बन्धि, आधारभुत जानकारी उपलब्ध लिन सक्ने भण्डारीले जानकारी दिए । उनले नक्साबाट माटोको स्वास्थ्यमा के कस्ता सुधार गरी बालीको उत्पादन र उत्पादनकत्व बढाउन समेत सहयोग पुग्ने जानकारी दिए । नेपालको माटोको उर्वरापन, अम्लीयपन, प्रांगारीक पदार्थको मात्रा, सुक्ष्म खाद्यतत्वहरुको सन्तुलन कसरी गर्ने सक्ने जस्ता कार्य गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

नेपालको माटो सम्बन्धी सूचना दिनका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अमेरिकी सहयोग नियोग ( यूएसएआइडी) को आर्थिक सहयोगमा अन्तराष्ट्रिय मकै तथा गहूबाली सुधार केन्द्रद्धारा सञ्चालित नेपाल बीउ तथा मल परियोजना मार्फत नेपालका विभिन्न स्थान विशेषका माटोको अवस्था झल्कने अन्तक्रियात्मक डिजिटल नक्सा तयार गरेको जानकारी दिए । भण्डारीले नक्सा तयार गर्न स्याटेलाइट इमेलका आधारमा माटोको गुणहरु निर्धारणमा भूमिका खेल्ने विभिन्न वातावरणीय कारकतत्वहरु मध्ये १ सय ६८ वटा कारक तत्वलाई मध्यनजर गरिएको जानकारी दिए । नक्साको प्रयोग विभिन्न मोबाइल एप्लिकेसन्स पनि तयार गरिने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 519 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द