म्यान्मारमा सैनिक शासन थप क्रुर बन्यो, एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट एकै दिन ३८ जनाको मृत्यु भएको छ । सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा बुधबार एकै दिन ३८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारीको मृत्यु भइसकेको पनि बीबीसीले जनाएको छ । म्यानमारको गत १ फेब्रुअरीमा सेनाले शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरपछि
त्यहाँका जनता निरन्तर आन्दोलित छन् । सैनिक ‘कू’को विरोधमा म्यानमारमा दिनहुँजसो ठूला प्रदर्शन हुँदै आएका छन् ।
सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

epaper

ताजा समाचार

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न