बिटक्वाइनको मूल्य ५० हजार

एजेन्सी । विश्वकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः आकासिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढ्दा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट पुगेको छ । अघिल्लो दिनको तुलनामा बिटक्वाइनको मूल्य २ हजार ४२६ डलर २३ सेन्टले बढेको हो ।

गत जनवरी ४ मा २७ हजार ७३४ डलर रहेको बिटक्वाइनको मूल्य त्यसयता ८३.७ प्रतिशतले बढेको छ । गएको फेब्रुअरी २१ मा बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् ५८ हजार ३५४ डलर १४ सेन्ट पुगेको थियो ।

टेस्ला तथा माइक्रोस्ट्राटेजीलगायतका कम्पनीले बिटक्वाइनमा अर्बौँ डलर लगानी गरेसँगै बिटक्वाइनको मूल्य आकासिएको हो । साथै बिएनवाइ मेलन, ब्लाक रक तथा मास्टरकाडलगायतका कम्पनीहरुका कारण पनि बिटक्वाइनको लोकप्रियता ह्वात्तै बढेको छ ।

बिटक्वाइन मात्र नभै इथेरियम ब्लकचेन नेटवर्कसँग आबद्ध अर्को क्रिप्टोकरेन्सी इथरको मूल्यमा पनि बुधबार ७.१८ प्रतिशतले वृद्धि भई १५९५ डलर नाघेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 294 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत