महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान सार्वजनिक भएका हुन् ।

विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत अवस्थामा थिए । बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका हुन् । सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका छन् ।

जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३ः०० बजे उनी देवचुली नगरपालिकाको दलदलेमा आइपुगेको जनाइएको छ । देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौं प्रस्थान गरेको प्रहरीले जनाएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रममा जान उहाँ नवलपुरको दलदलेबाट काठमाडौँ प्रस्थान गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारी कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रभु साहको माग