टिपरको ठक्करबाट मोटरसाइकमा पछाडी बस्नेको मृत्यु

सांकेतिक तस्वीर

भक्तपुर । भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.१० चितापोलको भित्री सडक खण्डमा नलिन्चोकबाट चितापोलतर्फ जाँदै गरेको बा. ४ ख. ९८१० नं.को खाली टिपरले नलिन्चोकतर्फ आउदै गरेको मे. ८ प. ८३९७ नं.को मोटरसाइकललाई ठक्कर दिंदा घाइते मोटरसाइकलमा पछाडी सवार सोलुखुम्बु दुधकुण्ड गाउपालिका वडा नं. ११ घर भई हाल काठमाडौ हात्तीगौडा बस्ने वर्ष ५९ की सीताकुमारी कार्कीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार घाइते कार्कीलाई भक्तपुर अस्पताल दुधपाटी ल्याइएकोमा उपचारकै क्रममा साँंझ चार बजे चिकित्सकले मृत घोषणा गरेको हो । परिसरका सूचना अधिकृत दीपक गिरीले मोटरसाइकल चालक मृतकको छोरा प्रकाश कार्कीलाई सामान्य चोटपटक मात्रै लागेको जानकारी दिए ।

घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ । टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं.१३ बस्ने वर्ष २३ को सुनिल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ