पत्रकार महासंघ कास्कीमा विमला भण्डारी निर्वाचित

पोखरा । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा विमला भण्डारी निर्वाचित भएकी छन् । महासंघको बिहीबार सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी केशवशरण लामिछानेलाई ५३ मतअन्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । महासंघ कास्कीमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको हो ।

बुधबार भएको मतदानमा कुल ३ सय १२ मतदातामध्ये ३ सय ५ मत खसेको थियो । निर्वाचित भण्डारीले १ सय ७४ र अत्यक्षका प्रत्यासी लामिछानेले १ सय २१ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक बद्रीविनोद प्रतीकले जानकारी दिए । युनियनकी भण्डारी र चौतारीका लामिछानेले प्यानल बनाई चुनावमा होमिएका थिए । अधिकांश पदमा युनियन गठबन्धनले बाजी मारेको छ ।

यस्तै, उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना विजयी हुँदा महिला उपाध्यक्षमा जमुना शर्मा वर्षा, सचिवमा माधव बराल, सहसचिव समावेशीमा रेमबहादुर बिक, सहसचिव खुलामा श्रीराम सिग्देल र कोषाध्यक्षमा कृष्ण दवाडी निर्वाचित भए । महिला उपाध्यक्ष र सचिवमा चौतारी विजयी भएको हो ।

यस्तै, महिला सदस्यमा सपना अधिकारी, दलित सदस्य विजय नेपाली, आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ, अन्य समावेशीमा जैनव खातुन, खुला ९ सदस्यमा कञ्चन थापा, गीता रानामगर, धनबहादुर गुरुङ सुमन, प्रभु अधिकारी, शिवराज बस्ताकोटी शिवदाइ, सन्तोष बस्याल, सन्तोष सुवेदी, युवराज गुरुङ युनिस र हरि पन्त निर्वाचित भए । सदस्यमा निर्वाचितमध्ये सर्वाधिक १५२ मत धनबहादुर गुरुङले प्राप्त गरेका छन् ।

राष्ट्रिय परिषद् सदस्य आदिवासीतर्फ राजबहादुर गुरुङ, खुला ४ परिषद् सदस्यमा आरजु विष्ट सल्यानी, कमल पौडेल अथक, गंगाधर पराजुली र श्याम नाथ कुँवर निर्वाचित भए । खुला सदस्यमा निर्वाचितमध्ये सर्वाधिक कमल पौडेल अथक (१५० मत) रहेको छ ।

यसअघि केन्द्रीय परिषद् सदस्य २ महिलामा सुष्मा कुमारी पौडेल र लीना गुरुङ तथा प्रदेश परिषद २१ सदस्य निर्विरोध भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम