टरिगाउँ एयरपोर्टमा जडित टावर कन्सोलको नगर प्रमुख पाण्डेद्वारा उद्घाटन

तुलसीपुर । टरिगाउँ एयरपोर्टमा जडान गरिएको अत्याधुनिक उपकरण (टावर कन्सोल ) को उद्घाटन गरिएको छ । करिब एक करोड लगानीमा एयरपोर्टमा जडान गरिएको टावर कन्सोलको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेल उद्घान गरे । कन्सोलको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले एयरपोर्टमा पछिल्लो समय हुँदै गएको प्रविधिको विकासले दाङबासीको जहाँज चढ्ने सपनालाई थप बलियो बनाउँदै लगेको बताए ।

तुलसीपुरको एयरपोर्टबाट नियमित बिमान संचालन गर्ने कठिनपूर्ण कार्यलाई चिर्दै सहजपूर्ण अवस्थाम आइपुगेको उनले बताए । उपमहानगरपालिकामा आफु आइसकेपछि नियमित हवाइ उडान, टर्मिनिल भवन र टावर कन्सोलको काम पुरा भएर अब हवाई इन्धन डिपो निर्माणको प्रकृया अघि बढेको नगर प्रमुख पाण्डेले बताए ।

उपकरण जडान भएपछि हावाको गति, दिशा, हावाको चाप, तापक्रम, हावामा चिस्यान, आद्रताको मात्रा डिजिटल मेसीनमा देखिने भएकाले दाङ–काठमाडौ र काठमाडौ–दाङको हवाइ उडान सुरक्षित भएको नागरिक उड्डयन कार्यालय तुलसीपुरका उपप्रवन्धक कैलाश शर्माले जानकारी दिए ।

‘काठमाडौबाट उडान भर्नु अघि र उडान भरेपछि बिचमा आइपुग्दा दाङको मौसमका ’boutमा जानकारी लिनुपर्ने हुन्छ । किनकी काठमाडौबाट उडान भर्नुभन्दा पहिलाको मौसममा परिवर्तन आउनसक्छ । जस्तोकी बादल लाग्न सक्छ । पानी पर्न सक्छ । कुहिरो लाग्न सक्छ । हावाको वेग बढ्न सक्छ,’ उपप्रवन्धक शर्माले भने, ‘अब डिजीटल मेसीनले सबै कुराको जानकारी दिनेभयो ।’ यसअघि सामान्य उपकरणले काम चलाउने गरिएको थियो । अत्याधुनिक नभए पनि सामान्य उपकरणले अनुभव र खुल्ला आँखाले देखेका भरमा पाइलटलाई मौसमका ’boutमा जानकारी दिनुपर्ने बाध्यता थियो ।

सो अवसरमा नागरिक उड्डयन कार्यालयका प्रवन्धक सुन्दर पकुवाल, तुलसीपुर उपमहानगरपालिका प्रवक्ता श्याम डाँगी, प्रतिष्ठित व्यपारी बलदेश शर्मा लगाएतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक