नेपालमा काेराेना संक्रमणबाट एकै दिन ८ जनाकाे मृत्यु

फाइल तस्वीर

काठमाडाैं ।  कोरोनाभाइरसबाट संक्रमणबाट पछिल्लाे २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । नेपालमा सोमबार ५५९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार १०५ जनामा परीक्षण गरिएको छ । जसमा ४ हजार ३७८ पीसीआर र ७२७ एन्टीजेन परीक्षण भएको छ ।

याे संख्यासंगै नेपालमा कूल संक्रमितकाे संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । कूल मृतक संख्या ३०५३ पुगेको छ । २४ घण्टामा १३८ जना निको भएर घर फर्किएका छन् ।

*काेराेना संक्रमणवाट ८ जनाकाे मृत्यु भएकाेमा यसअघि १३ जनाकाे मृत्यु भनेर प्रकाशन भएकाेमा सच्याइएकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 305 times, 1 visits today)

epaper

ताजा समाचार

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै