अर्याल न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष नियुक्त

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याल नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले अर्याललाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

नेकपा निकट अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष हुन् । श्रमजीवी पत्रकारका लागि पारिश्रमिक निर्धारण गर्न गठित समितिको अध्यक्षको भूमिकामा यसअघि गंगाधर पराजुली थिए । उनको कार्यकाल सकिएपछि रिक्त स्थानमा सरकारले अर्याललाई नियुक्त गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम