कोरोना कहरबीच सिकाइ

सन् २०१९ को डिसेम्बर अन्तिम साता मध्य चीनमा अवस्थित वुहान प्रान्तबाट सुरु भएको कोराना भाइरस (कोभिड १९)को प्रभाव यतिबेला झन् बढ्दो छ र दोस्रो लहरको कोभिडको नयाँ प्रजाति देखापरेकोले यो झनै कडा र आक्रामक भएको विज्ञहरूको ठहर छ । अघिल्लो शुक्रबार मात्र हामीकहाँ २५ सयभन्दा बढीमा कोरोना पुष्टि हुनु यसैको प्रमाण हो । यो चित्र हेर्दा निकै संवेदनशील मात्र होइन, सुरक्षाका सबै उपाय अवलम्बन नगर्ने हो भने जुनसुकै बेला जोकोही पनि कोरोनाबाट आक्रामित हुने कुरा नजरअन्दाज मात्र होइन, लगभग यकिन गर्न सकिने अवस्था विद्यमान देखिन्छ ।

यसैकारण सरकारले सुरक्षाका सबै मापदण्ड अपनाउन बारम्बार निर्देशन जारी गरेको छ । तर, मानिसहरू सरकारको निर्देशन अवज्ञा गर्दै हुल बाँधिएर हिँडडुल गर्न छाडेका छैनन् । मास्कको प्रयोग पनि कम नै गरेका छन् । सामाजिक दूरी त परको विषय भयो । होटल, पार्टी प्यालेस पनि खाँदाखाँद नै देखिन्छन् । सरकारले जारी गरेको मापदण्ड कसैले पनि पालना गरेका छैनन् । आफूले सुरक्षाका मापदण्ड पालना गरेर सरकारलाई किन सजिलो बनाइदिने ? भन्ने गलत मनोविज्ञानका कारण पनि कोभिड फैलिनुमा मुख्य कारक बनेको छ । यो सर्वथा त्याज्य विचार हो ।

कोरोनाव्याधि
कोरोनाका कारण हालसम्म विश्वका २ सय १९ देशमा यसको प्रभाव फैलिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १४ करोडभन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमित छन् भने यसैका कारण ३१ लाखको मृत्यु भइसकेको छ । नेपालमा भने कोरोना संक्रमित संख्या यो आलेख तयार हुँदासम्म २ लाख ९४ हजारभन्दा बढी जनामा देखिन्छ । पछिल्लो साता यो दर ह्वात्तै बढेको छ । कतिपय स्थानमा त अस्पतालमा उपचारका लागि वार्डसमेतको अभाव देखिएको छ । यस दृश्यले सतर्कता अपनाएर कोरोना लाग्नबाट बच्ने उपाय नै अहिलेका लागि उत्तम विकल्प देखिएको छ ।

राज्यको सचेतता
नेपालले विश्व परिवेशमा कोरोनाको संक्रमणका कारण सचेत भएर स्वास्थ सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरिसकेको छ । सबैभन्दा बढी हुल हुने शिक्षण संस्था भएकोले वैशाख मसान्तसम्म बन्द गर्न भनिसकेको छ । विद्यालय बन्द हुन गएकाले यतिबेला परीक्षाको तयारी अवस्थामा रहेका हजारौं बालबालिकाको भविष्यलाई लिएर विभिन्न टिप्पणी आउन थालेका छन् । बन्द नगर्दा कोरोना सर्ने पीर, बन्द गर्दा पढाइ भएन भन्ने पीर । तर, राज्यसँग तेस्रो विकल्प पनि थिएन÷छैन पनि । एउटा अण्डालाई या त अम्लेट बनाउन सकिन्छ या त ब्वायल । उही अण्डाबाट दुबै चिजको खोजी अतिवाद हो । यही अतिवादको चेपुवामा नेपालको शिक्षाक्षेत्र देखापरेको छ । पढाइ पनि र कोरोनाको जोखिमबाट बच्ने पनि दुवै काम विद्यालय सञ्चालन गरेर सम्भव थिएन । उपयुक्त समयमा सरकारको विद्यालय बन्दको निर्णय उपयुक्त देखिन्छ । पढाइभन्दा जिउ धनको रक्षा कुनै पनि मूल्यमा कम हुनै सक्दैन ।

वर्तमान अवस्थामा घरभित्रको सिकाइ तथा प्रविधिको प्रयोग गर्न सकिने ठाउँमा अनलाइन कक्षा, भर्चुअल कक्षाबाट पनि सिक्न सकिन्छ

घर नै सिकाइकेन्द्र
हरेक बालबालिकाको पहिलो पाठशाला घर हो । अभिभावकबाट नै उसको पहिलो सिकाइको सुरुवात हुन्छ । शिक्षित अभिभावक भएको परिवारमा बालबालिका धेरैजसो सबल र सक्षम पनि हुन्छन् । बोलिचाली, संस्कार र व्यवहार अरूको भन्दा उल्लेख्य रूपमा राम्रो हुन्छ । घर परिवारले गर्ने व्यवहारले बालबालिकाहरूलाई प्रत्यक्ष असर गरेको हुन्छ । देशमा विद्यालय बन्दका कारण बालबालिकाहरू यत्रतत्र बरालिन खोज्छन् । यो बालसुलभ चरित्र नै हो । बालबालिकाहरू घरमा नै बस्न बाध्य भएकोले नियमित पढाइ नहुनाले पढ्ने बानी हराउने हो कि भन्ने चिन्ता अभिभावमा उत्पन्न हुनु स्वाभाविक पनि हो । यो बेला प्रत्येक अभिभावकले के बुुझ्न जरुरी छ भने अरु समयमा पनि विद्यालयमा बालकले बिताउने समय त ६ घण्टा मात्रै हो । बाँकी १८ घण्टा त अभिभावकसँगै रहेका हुन्छन् । यसकारण पनि सिकाइका लागि घर परिवारबाटै पहल हुन जरुरी देखिन्छ । गुरुकुल शिक्षा प्रणालीबाटै परिष्कृत गृहकार्य आज पनि जारी रहनुले सिकाइका लागि घर, परिवार र अभिभावकको भूमिका आज पनि उत्तिकै महत्वपूर्ण छ भन्ने कुरा प्रमाणित गर्दछ । यसकारण विद्यालय बन्दबाट आत्तिएर होइन, बालबालिकालाई प्रेरित गरेर सिकाइलाई निरन्तरता दिन जरुरी छ ।

धारणा परिवर्तन
विद्यालयमा मात्रै सिकाइ हुन्छ भन्ने धारणामा परिवर्तन गर्नुपर्ने देखिन्छ । घर र वरिपरिका वातावरण हाम्रा विद्यालय वा विश्वविद्यालयभन्दा कम छैनन् । बालबालिकालाई कस्तो बनाउने भन्ने निर्णायक भूमिका अभिभावकमा रहेको हुन्छ । अहिले देशमा भएको विद्यालय बन्दको अवस्थाले २४सै घण्टा अभिभावकसँग बच्चा रहेका छन् । यो अवधि अभिभावक एवं बालबालिकाको लागि सुरम्य अवसर साबित हुन सक्छ । बालबालिकालाई घरका काम जस्तै सरसफाइ, सिर्जनशील काममा लगाउने, घरका निर्णयमा सहभागी गराउने जसले अपनत्वको भावना विकास हुन्छ, खेल खेलाउने, योग ध्यान तथा व्यायममा सहभागी गराउने, इन्टरनेटको सम्भावना भएको ठाउँमा त यसको प्रयोग गरी ज्ञानवद्र्धक सामग्री खोज्न लगाउने, रचनात्मक र प्रेरणादायी कुराको खोजका लागि प्रेरित गर्ने, समाजका रीतिरिवाज तथा चालचलन संस्कृतिको ’boutमा कुराकानी गर्ने अवसर मिलेको देखिन्छ । यसरी घरमा गरिने आधारभूत सिकाइ आगतमा उसका लागि विद्यालयीय सिकाइमा कोसेढुंगा साबित हुन सक्छ ।

कृषिसम्बन्धी जानकारी
आजका बालबालिका मात्र होइन दुई अक्षर पढेका मान्छेले समेत व्यावहारिक सीप भुलेका छन् । कृषिकर्म त उनीहरूका लागि नयाँ विषय बनेको छ । दूध गाई, भैंसीले होइन डेरी पसलले दिन्छ भन्ने मनोविज्ञान व्याप्त छ । यसकारण यो समयमा बालबालिकालाई करेसाबारी, फूलबारी आदिको कामको ’boutमा समेत जानकारी गराउन सकिन्छ । अभिभावकसँग खेतवारीमा गएर काम गर्ने, खेतबारीको कामले कामको मात्रै सिकाइ नभइ बालबालिकाले सजीव र निर्जीव, एकदलीय र बहुदलीय, नगदेवालीको महत्व, खेतीपाती लगाउने तरिका, कृषि काम गर्दा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीको ’boutमा जानकारी गराउन सकिन्छ । कतिपय कुरामा त उनीहरू आफैंं जिज्ञासु भई सोधखोज गर्ने, यो के हो ? कसरी भयो ? आदिजस्ता प्रश्न गरेर अभिभावकसँग उत्तर खोजिरहेका हुन्छन् । यस अवस्थामा उनीहरूलाई सही किसिमले दिशानिर्देश गर्न सकियो भने कृषिसम्बन्धी सिकाइको ज्ञान पनि ताजगी भई स्थिर रूपमा बसेको हुन्छ ।

मानिसहरू सरकारको निर्देशन अवज्ञा गर्दै हुल बाँधिएर हिँडडुल गर्न छाडेका छैनन् । मास्कको प्रयोग पनि कम नै गरेका छन्

जीवनोपयोगी सीपका लागि अवसर
यतिबेला बालबालिकामा जीवनोपयोगी सीप सिक्ने अवसर प्राप्त भएको छ । उनीहरूले गनुपर्ने दैनिक व्यक्तिगत सरसफाइ, घरको सरसफाइ, घरवरिपरि फूलवारी तथा करेसाबारीमा गोडमेल तथा संरक्षण, कपडा धुने, मिलाएर राख्ने, आइरन गर्ने र प्रयोग गरेका सामग्री उचित ठाउँमा राख्ने, सामानको मर्मत तथा संरक्षण गर्ने, मन परेको विषयमा स्वतन्त्र लेखन, मन परेको गीत गाउन तथा नाच्नेजस्ता जीवनोपयोगी सीप सिक्नका लागि समेत यो समय उपयुक्त अवसरका रूपमा परिणत हुन सक्छ । मुख्य कुरा समयको कसरी सदुपयोग गर्ने भन्ने मात्र हो ।

योग, ध्यान तथा व्यायाम
फुर्सदको समयमा बालबालिकालाई बिहान सबेरै उठेर योग ध्यान गराउन सकिन्छ । यसले गर्दा एकातिर उनीहरू आध्यात्मिकतातर्फ उन्मुख हुँदै जान्छन् भने अर्कोतिर स्मरणशक्तिको विकास हुनुका साथै मन र मस्तिष्कमा सकारात्मक भावना पैदा हुन्छ । त्यस्तै व्यायामले बालबालिकाको शारीरिक विकास हुनुका साथै शरीर स्वस्थ्य र फुर्तिलो बन्न सहयोग मिल्छ । भनिन्छ, स्वस्थ शरीर नै स्वस्थ मष्तिष्कका लागि उपयुक्त आधार हो । विद्यालय बन्दले यही आधार तयार गर्ने अवसर जुराइदिएको छ । यो अवसरको भरपुर सदुपयोग गर्न मात्र जरुरी छ ।

अभिभावक नै गुरु
महान् दार्शनिक रुसोले भनेका छन्, प्रकृतिबाट सिक । हाम्रा महाकवि देवकोटा पनि पानीका छहरा, पहाडका खोल्सा र प्रकृतिका दृश्यलाई पनि पढन सकिन्छ भन्दछन् । यतिबेला ६ घण्टा बिताउने विद्यालयका शिक्षकभन्दा १८ घण्टा सँगसँगै हुने अभिभावक नै विद्यार्थीका पहिला गुरु हुनुपर्ने अवस्था छ । तसर्थ, विद्यालय बन्द हुनु भनेको सिकाइको अवसर बन्द हुनु पटक्कै होइन । थप सिकाइका लागि सम्भावनाको ढोका खुलेको भन्ठान्नुपर्छ । सिकाइका विधि विभिन्न छन् । सिक्नु मात्रै ठूलो कुरा होइन व्यवहारमा परिवर्तन ल्याउनु सबैभन्दा महत्वपूर्ण विषय हो । बालबालिकाको व्यवहारमा परिवर्तन ल्याउनमा अभिभावकको भूमिका महत्वपूर्ण रहेकोले केही समय विद्यालयमा पढाइ स्थगित हुँदैमा बाबुनानीको शैक्षिक क्षति हुँदैन । वर्तमान अवस्थामा घरभित्रको सिकाइ तथा प्रविधिको प्रयोग गर्न सकिने ठाउँमा प्रविधिको प्रयोग गरी अनलाइन कक्षा, भर्चुअल कक्षाबाट पनि सिक्न सकिन्छ । कतिपय ठाँउमा अनलाइन विधिबाट पनि सिकाइले प्रश्रय पाएको छ । यसका लागि आगामी दिनमा देशको जुनसुकै ठाउँमा पनि प्रविधिको पहुँच पुु-याउनुपर्ने जरुरी पनि क्रमशः महसुस हुँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

epaper

ताजा समाचार

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक जारी