भेरी अस्पतालमा थप दुई सङ्क्रमितको मृत्यु, बाँकेमा मृत्यु हुनेकाे संख्या ९९ पुग्याे

फाइल तस्वीर

राँझा ।  नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अवस्था सामान्य रहेका कारण होम आइसोलेशन बस्दै आएका ६५ वर्षीय पुरुष कोरोनाले च्यापेपछि वैशाख छ गते अस्पताल भर्ना भई उपचार गर्दै गर्दा आज बिहान २ः३० बजे मृत्यु भएको हो ।

यसैगरी, वैशाख ८ गते कोरोना पुष्टि भएकी नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा गए राति १०ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए । रासस

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम