स्याङजामा प्रादेशिक शिक्षा नीति सुझाव संकलन

स्याङ्जा । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको अयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई स्याङजाको संयोजन तथा प्रादेशिक शिक्षा नीति तर्जुमा सम्बन्ध सुझाव संकलनका लागि कार्यशाला गोष्ठी भएको छ ।

गोष्ठीमा बोल्दै जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासले पेशाको सम्मान सेवा सुबिधा र निशुल्क सेवालाई नितिमै उल्लेख गर्नुपर्ने बताइन् । शिक्षा क्षेत्रका सुधारका लागि ब्यवहारिक र नैतिक शिक्षामा जोड दिनुपर्ने बताउदै गरिब तथा विपन्न परिवारलाई नाम मात्रको होइन आवश्यकता अनुरुपका छात्रवृत्ती उपलब्ध गराउनु पर्ने सुन्दासको जोड छ ।

कार्यक्रममा पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, स्थानीय समन्वय अधिकारी ऋषि आचार्य लगायतले सबैलाई स्वीकार्य र सम्मान योग्य रहने ऐन निर्माण गर्नुपर्नेमा सुझाव दिए ।
नेपाल शिक्षक संघका सभापति लक्ष्मीप्रसाद रेग्मी, शिक्षक संगठनका अध्यक्ष हिमलाल ढकाल, एकिकृत अखिल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष अमृत खनाल, शिक्षक महासंघका उपाध्यक्ष बन्दना लम्साल, प्रधानाध्यापक ओमप्रकाश शर्मा र मुक्तिप्रसाद रेग्मी, शाखा अधिकृत प्रकाश अर्याल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षत्रय गोबिन्दप्रसाद कर्माचार्य, भूमिजंग केसी र खुमकान्त खनाल, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्याक्ष हिक्मत श्रेष्ठ, सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ, दलित संघका अध्यक्ष लीलबहादुर रनपाल, अभिभावक लिला नेपाली, बिद्यार्थी लगायतले शैक्षिक गुणस्तर बृद्धिका लागि संघीय सरकारको नियन्त्रणमा रहनेगरी शिक्षा ऐन बनाउन सुझाव दिएका थिए ।

शिक्षक नियुक्त गर्दा संवैधानिक शिक्षा आयोग मार्फत गर्नुपर्ने, माध्यमिक तहसम्मका लागि लोकसेवा आयोगबाट सिफारिस गरिएका लेखापाल र प्राथमिक तहसम्मका लागि खरिदार सरहका सहलेखापालको ब्यवस्था गर्नुपर्ने, प्रधानाध्यापकलाई स्वयत्तता दिनुपर्ने, प्राबिधिक शिक्षा निशुल्क बनाइनुपर्र्नेे, एक कक्षा एक शिक्षकको ब्यवस्था हुनुपर्ने, शिक्षक दरबन्दी स्वीकृत गरेर मात्र माथिल्लो कक्षाको स्वीकृती दिनुपर्ने, राजनैतिक हस्तक्षेपवाट मुक्त राख्नुपर्ने लगायतका सुझाव दिइएका छन् ।

कार्यक्रममा पूर्व शिक्षा सचिव एवं प्रादेशिक शिक्षा नीति तर्जुमा सुझाव संकलन कार्यदलका संयोजक डा. महाश्रम शर्मा, सदस्य अग्नीप्रसाद काफलेले र सामाजिक विकास मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले कार्यपत्र सहित सहजीकरण गरेका थिए । जिसस प्रमुख सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यदलका संयोजक डा. शर्माले स्वागत एवं शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख गुरुप्रसाद पौडेलले संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 782 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती