झापा । दुइ वर्षीय नावालकको हात वाँधेर वोरामा प्याक गर्दै गरेको अवस्थामा एक भारतीय अपहरणकारीलाइ गाउँलेले पक्राउ गरि प्रहरीसमक्ष वुझाएका छन् ।
आइतवार विहान झापाको भद्रपुर नगरपालिका वार्ड ८ का जेठा टुडु र कमाला टुडुका छोरा सुमन टुडु घर नजिकै खेलिरहेको अवस्थामा एक अपरिचित व्यक्तिले चक्लेट दिएर फकाएर वोरामा हाल्न लागेको स्थानियको भनाई छ । ‘अन्य बालबालिकाले हल्ला गरेपछि अपहरणको प्रयास गर्ने ति व्यक्तिलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा वुझाएका छौं ।’ स्थानिय नवराज भट्टराइले भने ।
कोरोनाको डरले सवै घरमै वसेको वेलामा घर नजिकै खेल्दै गरेका नावालक अपहरणको प्रयास गरेको स्थानीयले दावी गरेका छन् ।
अपरिचित करिव ५० बर्षिय अपहरणकारी भारतीय भएको दावि गाउँलेले गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले वच्चा वोरामा हाल्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइ रहेको वताए । ‘अपहरणमा संलग्नलाई कसैले पनि चिन्दैनन्, हामी को हो र किन वोरामा हाल्दैथिए भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छौ ।’ उनले भने ।






