चोभारको गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं । बुधबारदेखिको निरन्तर वर्षाका कारण देशभरका विभिन्न नदीमा पानीको बहाव बढिरहेको छ । यस्तै, काठमाडौं हुँदै बग्ने नदीमा पनि बहाव बढेको छ।

काठमाडौं उपत्यकामा बागमती, विष्णुमती, हनुमन्ते, कर्मनाशा, धोवीखोला, नख्खु खोलामा पानीको सतह बृद्धि भएको छ । यिनै खोलामा जलसतह बृद्धि हुँदा काठमाडौंको चोभार गल्छीमा पानीको बहाव निकै बढेको छ। 

जलविनायक मन्दिर नजिक पानीको सतह आइपुगेको छ । पानीको सतह बढेपछि प्रहरीले नदी किनार छेउ आवतजावतमा रोक लगाएको छ । 

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

च्यासलस्थित एमाले कार्यालय क्षेत्र पुगे गृहमन्त्री गुरुङ