काठमाडौं । नेपाल अन्तराष्ट्र्रिय चलचित्र महोत्सब,निफको चौथो संस्करणमा प्रसिद्ध भारतिय निर्देशक अनुराग कश्यपले नेपाली फिल्मकर्मी र दर्सकहरुको लागि आफ्नो अनुभब शेयर गर्ने भएका छन् ।
चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको यो महोत्सव यस वर्ष २३ देखी २७ मा हुने भएको छ । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा फिल्म संस्कृतिको विकास गर्ने उद्देश्य सहित सुरुभएको यस महोत्सब नेपाली चलचित्र र चलचित्रकर्मीहरुलाई विश्वको चलचित्र र चलचित्रकर्मी माझ पारीचित गराउने उद्देश्य आयोजक संस्थाको रहेको छ । चलचित्र मार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभर फैलाउने नेपालमा हुँदै आइरहेको आयोजक संस्थाको भनाई छ ।
‘कोभिड–१९ को महामारीका कारण कारण हाल देश लकडाउनमा रहेको कारणले हामीले भौतिक रुपमा यस महोत्सब आयोजना गर्न नसकी भर्चुल रुपमा आयोजना गर्ने लागेका छौं ।’ अध्यक्ष केपी पाठकले भने ।
चलचित्र नेट टीभिबाट र उद्घाटन, समापन लगायत अन्तकृया, बहस , छलफल र अनुभब आदान प्रदान निफको आफ्नै पेजबाट लाइभ गरिने भएको छ ।
ति सेसनहरुलाई लाईभ गर्न चाहनेलाई आयोजक संस्थाले सिग्नल उपलब्ध गराउने जनाएको छ । उद्घाटनपछि पहिलो शेसन बैशाख २३ मा साँढे तीन बजेपछि डेढ घण्टा निर्देसक अनुराग कश्यपले अनुभव शेयर गर्ने भएका छन् ।
अनुराग कश्यप भारतिय चलचित्र उद्योगमा चलचित्र लेखक, निर्माता, अभिनेता र सम्पादकको रुपमा चर्चित छन् । । उनको निर्देशनमा २०१२ मा चलचित्र ‘ग्याङ्स अफ वासेपुर’ फ्रान्सको ‘क्यान्स’फेस्टिभल को डाइरेक्टर फन्टनाइट प्रोग्राममा प्रदर्शन भएपछि उनको विषेश चर्चा भएको थियो ।






