प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति सवैकाे चासो छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उनको सक्रियता बढेको छ । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । प्रधानमन्त्री भएपछि पहिलाे पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ भेटन देउवा निवास बुढानिलकण्ठ पुगेर विश्वासकाे मत दिन अाग्रह गरेका थिए । देउवाले विश्वासकाे मत दिन नसकिने भनेपछि निराश भएका प्रधानमन्त्री अाेलीले माधव नेपाल समुहसंग पनि वार्ता जारी राखेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

epaper

ताजा समाचार

दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण