एउटै घरका तीन दिदीबहिनी सगरमाथा शिखरमा

काठमाडौं । विश्वको सर्बोच्च छानो सगरमाथा चढेर नयाँ कीर्तिमानी कायम गराउने प्रतिस्पर्धाकाबीच बुधबार दोलखाको एकै घरपरिवारका तीन दिदीबहिनीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

दोलखास्थित गौरीशंकर गाउँपालिका–९ बेदीङका एउटै घरका तीन दिदी–बहिनीहरु निमा जाङ्बु शेर्पा (वर्ष ३०) छिरिङ नाम्गे शेर्पा (वर्ष २६) र दावाफुटी शेर्पा (वर्ष २४) ले बुधबार विहान ७ बजे सगरमाथाको शिखर चुमेका हुन् । यसअघि यी दिदी–बहिनीले तीन वर्षभित्र सगरमाथा लगायत संसारका सातवटै महादेशको उच्च हिमाल आरोहण गरि विश्व रेकर्ड कायम राख्ने उद्देश्य रहेका थिए । यो आरोणसँगै उनीहरुको सो लक्ष्य पुरा भएको छ ।

गत २४ बैशाखमा आफ्नै कीर्तिमानी तोड्दै २५ औं पटक सगरमाथाको शिखर चुमेका कीर्तिमानी आरोही कामीरिता शेर्पाको आरोहणसँगै यस वर्षको सगरमाथा आरोहण शुरु भएको थियो । सोही दिनदेखि अहिलेसम्म दर्जनौं आरोहीले विभिन्न कीर्तिमानी कायम गरेको पर्यटन विभागले जनाएको छ ।

एउटै घरका तीन दिदिबहिनीले सफलतापूर्वक सगरमाथाको शिखर चुमेको जानकारी पाएपछि ति आरोहीका जिल्लावासी निर्वाचित सांसद् तथा सूचना प्रविधी तथा संचारमन्त्री पार्वत गुरुङले उनीहरुलाई बधाइ व्यक्त गरेका छन् । मन्त्री गुरुङले गत २ बैशाखमा मन्त्रालयमा आयोजित कार्यक्रममा ती दिदीबहिनीलाई नेपालको राष्ट्रिय झण्डा हस्तन्तारण
गर्दै बिदाइ समेत गरेका थिए । यसैबीच बुधबार नै दोलखास्थित सोही ठाउँका अर्का आरोही पेम्वादोर्जे शेर्पाले पनि २१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । पेम्बाले पनि बुधवार बिहान ७ बजे सगरमाथाको शिखर चुमेका हुन् ।

उनीहरुको यस आरोहण दललाई व्यवस्थापन गर्दै आएको ड्रिमर्स डिष्टिनेशन ट्रेक एण्ड एक्सपेडिसनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाउँ’ भन्ने सन्देशकासाथ अहिले २१ औं पटक सगरमाथाको शिखरमा पुगेका हुन् । पर्यटन विभागका अनुसार यो वसन्त ऋतुमा विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी गरि विभिन्न ४३ समूहका ३१५ पुरुष, ९२ महिला र १ अन्य गरि कुल ४०८ जनाले आरोहण अनुमति लिएका थिए ।

पर्यटन विभाग, पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले बुधबार करिब ७० जनाले सगरमाथाको सफल आरोहण गरेको बताइन् । उनले मंगलबार र बुधबार मात्र १ सय ५० आरोहीले सगरमाथाको शिखर चुमेको जानकारी गराइन् । हाल सगरमाथाको आधार शिबिरमा रहेकी पर्यटन विभागकी निर्देशक आचार्यले मंगलबार ८० जना आरोहीले आरोहण गरेको बताइन ।

बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका एकैघरका तीन दिदीबहिनी र २१ औं पटक सगरमाथाको चुचुरोमा पुगेका पेम्बा दोर्जे शेर्पा लगायत उनीहरूको टोली भने यो संख्यामा समावेश नभएको जानकारी गराउँदै उनले उनीहरू शेर्पा समुदायबाट चढेकाले विभागबाट अनुमति नलिएकाले विभागको तथ्यांकमा समावेश नभएको बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम