ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेपछि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । योसँगै ओली नै प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ । आज राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलको दाबी नपरेको अवस्थामा ओली नेपालको संविधानको धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्री बन्ने छन् ।

व्यवसायी रामेश्वर थापाको चपलीहाइटस्थित घरमा आज साढे चार घण्टा भएको छलफलमा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो । नेता नेपालले त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको र आज सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई टरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एथलीटमा क्रिकेटर लोकेस बम