दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र बोलाएर आज जिल्लामै अक्सिजन ग्याँसको प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।

तीन/तीन पटक नेपाल सरकारका मन्त्रि बनेका पार्वत गुरुङलाई बधाई तथा शुभकामना दिँदा ‘जनता बचाउन जिल्लामा अक्सिजन ग्याँसको प्लान्ट तत्काल राख अनि मात्र दोलखालीले मन्त्री भएकोमा गर्व गर्नेछन्’ भनेर समाजिक सञ्जालमा टिप्पणी गरेपछि जनप्रतिनिधिहरुले बाध्य भएर निर्णय गरेका हुन् ।

डिसिसिएमसीकोे बैठकले जिल्लामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव हुन सक्ने भन्दै सो अभावलाई पूर्ति गर्नकालागि दोलखामै ग्यास प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।

स्थानीय सरकारका प्रमुखसहित सहभागि बैठकले चरिकोट अस्पताल अक्सिजन ग्याँस स्थापना गर्ने र त्यसका लागि जिल्लाका ९ वटै स्थानीय सरकारवाट १२ लाखका दरले बजेट व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

अक्सिजन ग्याँस प्लान्ट स्थापनाका लागि प्रत्येक स्थानीय सरकारले चरिकोट अस्पतालमा स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा यथासक्य चाँडो १२ लाखका दरले रकम जम्मा गर्ने निर्णय पनि भएको छ ।

बैठकले कालिन्चोक गाउँपालिकामा रहेको सिंगटी अस्पताललाई कोभिड अस्पतालकोरुपमा सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि गरेको छ । हाल ३ जना डाक्टर सहितको स्वास्थ्यकर्मी रहेको सिंगटी अस्पताललाई कालिन्चोक, विगु र गौरीशंकर गाउँपालिकाका कोरोना संक्रमितलाई उपचार गर्ने उद्देस्यले कोडिभ अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । पछिल्लो समय जिल्लाको उत्तरी क्षेत्रमा पनि कोरोना संक्रमतिको संख्या वृद्धि भईरहेको छ भने बिगु गाउँपालिमा तीन जनाको कोरोनाकै कारण मृत्यु भईसकेको छ । जिल्लाका ७४ वटै वडामा क्वारेन्टाईन स्थापना गर्ने निर्णय पनि गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

बडा दसैँको टीका सुरु