काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोपमा अख्तियारले उनीसहित तीन जनाविरुद्ध मुद्धा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार, पूर्वडीआईजी शाहसँगै लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक हवल्दार केशवसिंह ऐरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले उनीहरुमाथि ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलवी भरपाईमा कीर्ते दस्तखत गरी झिकेर बाँडिचुडी खाएको पुष्टि भएको भन्दै सो रकमविरुद्धको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)






