उच्च रक्तश्रावले १९ वर्षीया सुत्केरीको मृत्यु

कालिकोट । रास्कोट नगरपालिका स्थित १९ वर्षिय एक सुत्केरी महिलाको मृत्युु भएको छ । रास्कोट नगरपालिका–६ निवासि १९ वर्षिय निसा फर्सालको बच्चा जन्माईसकेपछि अत्याधिक रक्तश्रावले मंगरबार विहान मृत्यु भएको हो ।

स्वास्थ्य चौकिका सिनिअर अहेव ध्रुव फडेराका अनुसार निसालाई सुत्केरी व्यथाले च्यापेको लामो समय भईसकेको रहेछ । उनलाई सोमबार बिहान ४ बजे स्वास्थ्य चौकिमा ल्याइएको थियो ।’

आफुहरूले सामान्य उपचार गरेर रास्कोट अस्पतालमा थप उपचारका लागि रेफर गरिएको फेडराले बताए । रास्कोट अस्पतालमा भिडियो एक्सरे गरेपछि आफन्तले स्वास्थ्य स्थिती सामान्य रहेको भन्दै शान्तिघाटमा रहेको घरमा लगिएको फेडराको भनाई छ ।

त्यहि दिन राति उनका श्रीमान मानबहादुर फर्सालले बिरामीलाइ स्युना स्वास्थ्य चौकिमा राति १२ बजे पुर्याए । राती एक बजे छोरा जन्माईन ।

बच्चा जन्मिसकेपछि लगातार रगत बगेको र उपचारकै क्रममा बेडमै मृत्युु भएको अस्पतालले जनाएको छ । स्थानियले भने स्युुुना स्वास्थ्य चौकिमा एक जना अनमिको भरमा उपचार सम्भव नभएपछि अस्पपतालकोे लापरबाहीले सुत्केरीको मृृत्युुभएको आरोेप लगाएका छन् ।

स्वास्थ्यकर्मीको कुनै लापरबाही नगरेको स्वास्थ्य चौकि स्युनाका प्रमुख हेमराज न्यौपानेले बताए । ‘पावर र पँहुचमा सामान्य सुत्केरीका लागि पनि हेलिकप्टर मार्फत सुत्केरीको उद्वार गर्छन् तर, १९ वर्षिय निताको उपचारको लागि रास्कोट नगरपालिकाले हेलिकोप्टरको पहल गरेन ।’ न्यौपानेले भने ‘नगरपालिकाको लापर्वाहीले कलिलै उमेरमा निसाकोे मृत्युु भयो ।’

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोग फैलिन नदिन विशेष निगरानी