लेकमा हिमपात भएपछि यार्सा संकलक गाँउ फर्कदै

बझाङ । तीन दिन देखी लगातार परेको बर्षा संगै लेकालि भेगमा बाक्लो हिमपात सुरु भएको छ । यार्सा संकलन गर्ने ठाँउमा हिमपात भएपछि यार्सा संकलकहरुे घर फर्कन थालेका छन् । बैशाखको पहिलो साता यार्सा संकलन गर्न लेक पुगेका स्थानीयहरु घर फर्कने क्रम बढेको स्थानीय बासिन्दा दिनेश बहादुर बोहराले बताए ।

सुर्मा गाँउपालिकाको धाना, वारीकुण्ड चुवाबन, विरुओडार, पल्लो खोला, डाँडा, लेकी, धानसेरी तथा साईपाल गाँउपालिकाको यार्सा संकलन गर्ने ठाँउ र बुंगल नगरपालिकाको यार्सा संकलन गर्ने सबै ठाँउमा हिमपात भएपछि स्थानीय बासिन्दा घर फर्कन थालेका हुन् । हिउँ पग्लन थालेपछि फेरि यार्सा संकलनकै लागि लेकतिर जाने बोहराले जानकारी दिए । यार्सा संकलकहरु गाँउ घर फर्कन थालेपछि गाँउघरमा चहलपहल बढेको छ । सुर्मा गाँउपालिकाका प्रवक्त एवं वडा नम्बर १ का वडा अध्यक्ष पुस्कल बोहराले ‘गाँउलेहरु आ आफ्नो घर फर्कन थालेपछि चहलपहल बढेको बताए । यो चहलपहल एक दुई दिनका लागी मात्रै हुने र फेरी हिउ पग्लन थालेपछि स्थानीयहरु यार्सा संकलन गर्न लेक तिर जानु पर्ने बाध्यता यहाँको रहेको उनको भनाई थियो ।

यहाँको मुख्य आयस्रोतको माध्यम भनेकै यार्सा तथा जडीबुटी भएकाले यार्सा संकलन गर्न स साना बालबालिका देखि बृद्धबृद्धा सम्म जाने गरेको उनको भनाई छ ।

पाईनै छोड्यो यार्सा

विगतका बर्ष भन्दा यस बर्ष यार्सा संकलनमा ह्रास आएको यार्सा संकलन गर्न पुगेका सुर्मा गाँउपालिका १ का प्रेम बहादुर बोहराले बताए । झण्डै ६० प्रतिशतले यार्सामा ह्रास आएको उनले बताए । यस बर्ष समयमा नै पानी नपरेको र हिमालि भेगमा हिमपात भएकाले यार्सा संकलनमा ह्रास आएको उहनको भनाई छ ।

यार्सा पाईने ठाँउमा मानीसहरुको बाक्लो उपस्थिती हुनु र ति स्थानहरुमा विभिन्न प्लाष्टिक, सिसा, जुत्ता, चप्पल, लत्ताकपडा तथा फोहोर मैला बृद्धी भएका कारण पनि यार्सा पाउनेक्रम घटेको हो ।

यसको रोगथामका लागी सरोकारवाला निकायको ध्यान जान सकेको छैन । तर यार्सा संकलन गर्ने ठाँउमा फोहोरमैला नियन्त्रण गर्नका लागी जिल्लाको एक गैर सरकारी संस्था साहारा नेपालले पहल सुरु गरेको साहारा नेपालका अध्यक्ष ज्ञान बहादुर बोहराले जानकारी दिए । अहिले साईपाल गाँउपालिकाका यार्सा पाईने क्षेत्रहरुमा सरसफाईको कार्यक्रम शुभारम्भ गरीएको बताउदै उनले भने ‘गाँउपालिकाकोे समेत सक्रिता जनाएको छ ।’ यार्सामा ह्रास आएपछि जिल्लाको अर्थतन्त्रमा समेत ह्रास आएकोे बझाङ उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए ।

खोलामा बगेर एक बालिकाको मृत्यु

यार्सा संकलन गरेर घर फर्कने क्रममा खोलामा बगेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाँउपालिका वडा नम्बर १ की १३ बर्षिया कविता बोहराको बाउली खोलाले बगाउँदा मृत्यु भएको हो ।

लके बाट घर आउने क्रममा बालिका शुक्रबार दिउसो ३ बजे ताडेमाडेमा सागुबाट चिप्लेर खोलामा बगेकी थिईन् । उनको शव शनिबार विहान झण्डै एक किलोमिटर तल धौलीपैरी भन्ने ठाँउमा फेला परेको उनका आफन्तले जानकारी दिएका छन् । दिन देखी परेको लगातार बर्षाका कारण खोलामा पानीको सतह बढेको थियो । लगातार बर्षा संगै यार्सा संकलन गर्ने ठाँउमा हिमपात भएपछि उनिहरु घर फर्कीएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

संविधान संशोधनवारे कांग्रेसको धारणा सार्वजनिक हुँदै