पूर्वमहालेखा परीक्षक दाहालको कोरोना संक्रमणबाट निधन

फाइल फाेटाे

ओखलढुंगा । कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक खेमप्रसाद दाहालको निधन भएको छ । कटुञ्जे स्थायी ठेगाना भएका ६६ वर्षीय दाहालको आज साँझ राजधानीस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दाहाललाई कोरोना संक्रमण भएपछि आठ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका सल्लाहअनुसार भारतबाट खोपसहित औषधि ल्याइए पनि प्रयोग गर्न नपाउँदै दाहालको निधन भएको उहाँका भतिजा सुमनले बताउनुभयो । कोरोना संक्रमण हुनुअघि उहाँमा कुनै रोगको समस्या थिएन ।

दाहालका २ छोरा छन् । रासस

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान