काठमाडौं । संगीतकर्मी वसन्त गुरुङको उपचारको क्रममा शुक्रवार पोखरामा निधन भएको छ । पोखरामा रहेको दोभान दोहोरी साँझका सञ्चालक समेत रहेका गुरुङ लोकप्रिय सांगीतिक समुह मंगोलियन हार्टका पूर्व संगीतकर्मी समेत हुन् ।
उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । गायक राजु लामाले सामाजिक सञ्जाल मार्फत गुरुङको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
‘हाम्रो मंगोलियन हार्टका पूर्व सदस्य किबोर्डिस्ट, गिटारिष्ट मित्र बसन्त गरुङको असामयिक निधनको खबरले सम्पूर्ण मंगोलियन हार्ट परिवार मर्माहित र स्तब्ध भएका छौं ।’ लामाले लेखेका छन् ‘बसन्त मंगोलियन हार्टका संस्थापक सदस्य मध्येका एक हुन् र यो समूहलाई अगाडि बढाउनमा उनले दिएको योगदान कहिल्यै भुल्ने छैन, गायक लामाले लेखेका छन् ।’
तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)






