उदयपुर । प्रदेश नम्बर १ भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई कोरोना संक्रमण भएको छ । उदयपुरको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित घलेलाई कोरोना संक्रमण भएको हो ।
उदयपुरको कटारी नगरपालिका– ४ कटारी बजारमा बस्दै आएकी राज्यमन्त्री घलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले सामान्य अवस्था रहेकी घले होम आइसोलेशनमा बस्दै आएकी छिन । राज्य मन्त्री घलेसँगै स्वकीय सचिव सञ्जिब कार्की, पीएसओ र सवारी चालक समेत कोरोनाबाट संक्रमित भएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य भएकाले सबै होम आईसोलेसनमा बसेका छन् ।
२४ घन्टामा ६२ संक्रमित
त्यसैगरी उदयपुरमा कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा ६२ जना नयाँ संक्रमित थपिएका छन् । २३ महिलासहित ६२ जना नयाँ संक्रमित थपिएका हुन् । जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४४ पुगेको छ । जसमा महिलाको संख्या ५ सय १७ र पुरुष ६ सय २७ छन् ।
निको हुनेको संख्या जिल्लामा १ सय ६२ महिला सहित ३ सय ९२ पुगेको छ । सक्रिय संक्रमित मध्ये अधिकाश होम आईसोलेसन र जटिलको सदरमुकाम गाईघाट, बेलटारको उदयपुर कोभिड अस्पताल, धरान र बिराटनगरमा उपचार भईरहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए ।
नयाँ थपिएकोमा त्रियुगा नगरपालिकाको ३४, कटारी नगरपालिकाको १७ र बेलका नगरपालिकाको ११ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । त्यसैगरी त्रियुगा नगरपालिकामा सक्रिय २३२ महिला सहित ५ सय २५ जना रहेको छ । त्रियुगामा निको हुनेमा ६० महिला सहित १ सय ५४ जना रहेको छ । त्रियुगामा मृत्यु हुनेमा ७ महिला सहित २४ जना पुगेको छ । त्रियुगामा कुल संक्रमित ७ सय ३७ जना रहेको छ ।
त्यसैगरी कटारी नगरपालिकामा सक्रिय ५४ महिला सहित १ सय १९ जना रहेको छ । कटारीमा निको हुनेमा ६ महिला सहित १६ जना रहेको छ । मृत्यु हुनेमा २ महिला सहित ४ जना रहेको छ । कटारीमा कुल संक्रमित १ सय ५६ जना रहेको छ ।
त्यसैगरी चौदण्डीगढी नगरपालिकामा सक्रिय ६१ महिला सहित १ सय २६ जना रहेको छ । चौदण्डीगढीमा निको हुनेमा ४४ महिला १ सय १ जना पुगेको छ । मृत्यु हुनेमा ४ महिला सहित ९ जना रहेको छ । चौदण्डीगढीमा कुल संक्रमित २ सय ३६ जना रहेका छन् ।
त्यसैगरी बेलका नगरपालिकामा संक्रिय संक्रमित ६८ महिला सहित १ सय ३३ जना रहेको छ । बेलकामा निको हुने २३ महिला सहित ४४ जना पुगेको छ । मृत्यु हुनेमा ४ पुरुष रहेको छ । बेलकामा कुल संक्रकित १ सय ९२ जना पुगेको छ ।
त्यसैगरी रौतामाई गाउँपालिकामा संक्रिय संक्रमित ३१ महिला सहित ८२ जना पुगेको छ । रौतामाईमा निको हुने ३ महिला सहित १० जना पुगेको छ । मृत्यु हुनेमा १ जना पुरुष रहेको छ । रौतामाईमा कुल संक्रमित ९३ जना पुगेको छ । उदयपुरमा अहिले सम्म १ हजार ५ सय ८२ जना पुगेको छ ।
त्यसैगरी उदयपुरगढी गाउँपालिकामा सक्रिय संक्रमित १७ महिला सहित ४६ जना रहेको छ । उदयपुरगढीमा निको हुनेमा ३ महिला सहित ७ जना रहेको छ । मृत्यु हुनेमा १ महिला सहित ३ जना रहेको छ । उदयपुरगढीमा कुल संक्रमित ५६ जना पुगेको छ ।
त्यसैगरी लिम्चुङबुङ गाउँपालिकामा सक्रिय संक्रमित ३४ महिला सहित ६९ जना रहेको छ । लिम्चुङबुङमा निको हुनेमा १५ महिला सहित ३० जना रहेको छ । मृत्यु हुनेमा १ महिला रहेको छ । लिम्चुङबुङमा कुल संक्रमित १ सय पुगेका छ । ताप्ली गाउँपालिकामा सक्रिय संक्रमित ४ महिला सहित ११ जना रहेको छ भने १ महिला निको भएको छ । ताप्लीमा अहिले सम्म कोभिडले कसैको पनि ज्यान गएको छैन । उदयपुरमा अहिले सम्म १ हजार ५ सय २० कोभिड संक्रमण भएका छन् भने १५ महिला सहित ४६ जनाको कोभिडले ज्यान गएको छ ।






