पशुसेवा विज्ञ केन्द्रले दियो ८२ किसानलाई अनुदान

काठमाडौँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरले आधुनिक तथा दिगो पशुपालन व्यवसायमा पशुपन्छी व्यवसाय गर्ने ८२ कृषकलाई अनुदान सहयोग गरेको छ । केन्द्रबाट आर्थिक वर्ष २०७६÷०७७ मा ८२ कृषकलाई अनुदान सहयोग गरेको हो ।

काठमाडौँ, ललितपुर र भक्तपुरका कृषकलाई ५० देखि ८० प्रतिशत अनुदान सहयोग गरेको छ । केन्द्रका सूचना अधिकारी गांग बहादुर श्रेष्ठले पशुपन्छी गोठखोर मत्स्य पोखरी सुधार, छाडा पशु संकलन गौशाला सञ्चालन, नमुना फार्म विकास तथा विस्तार, व्यवसायिक बंगुर पालन प्रर्वद्धन खोर निर्माण, व्यवसायिक गाई र भैसी प्रवद्र्धन गोठ निर्माण, स्थानिय चल्लाका लागि मिनिह्याचरी खरिद लगायतका लागि अनुदान सहयोग गरेको बताए ।

उनले अब केन्द्रले पशु व्यवसायी अनुदानको सट्टा कृषक ऋण दिने व्यवस्था गर्ने बताए । पशुमा कृषकको ठुलो लगानी हुँदा अनुदान भन्दा ऋण प्रभावकारी हुने देखिएपछि ऋण दिन व्यवस्था ल्याउन लागेको जानकारी दिए । केन्द्रले पशु पालन व्यवसायका लागि कृषकलाई करिब २ लाख देखि ५ लाख सम्मको अनुदान सहयोग गरेको छ ।

पशु सेवा विज्ञ केन्द्रका अनुसार पशुपन्छि गोठ खोर मत्स्य गोखरी सुधारका तीन जिल्लाका १८ कृषकलाई ३४ लाख ६५ हजार २८१ रुपैयाँ अनुदान सहयोग गरेको छ । एउटा पशुपन्छी फार्मलाई १ लाख ९३ हजारका दरले अनुदान दिएको छ । यसैगरी काठमाडौँ निर्वाचन क्षेत्र ३ पशु विकास कार्यक्रम मार्फत ९ वटा फार्मलाई ३९ लाख ६६ हजार १५८ रुपैयाँ अनुदान दिएको छ ।

यस्तै छाडा पशु संकलन तथा गौशाला संञ्चालन गर्ने दुई वटा फार्मलाई ४ लाख २४ हजार ५ सय ७१ रुपैयाँ अनुदान दिएको छ । यस्तै नमुना फार्म विकास तथा विस्तार गर्न ३ वटा फार्मलाई १४ लाख ४७ हजार ५ सय, व्यवसायिक बंगुर पालन प्रवद्र्धन खोर निर्माण गर्न ५ फार्मलाई १५ लाख ४४ हजार दिएकाे छ ।

त्यस्तै व्यवसायिक गाईर भैसी प्रवद्र्धन गोठ निर्माण गर्न १३ फार्मलाई ५७ लाख २५ हजार,स्थानिय चल्लाका लागि मिनिह्याचरी खरिद गर्न २ फार्मलाई १ लाख ९३ हजार, पशु आहारा संस्था साईलेज खरिद गर्न १३ फार्मलाई ५ लाख ३८ हजार ९१४ रुपैयाँ अनुदान दिएको छ । सबैगरी ८२ वटा फार्मलाई २ करोड १६ लाख ५९ हजार ३ सय ३० रुपैयाँ अनुदानमा सहयोग भएको केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश