भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

 

स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्ड अबरुद्ध भएको हो । गतबर्ष देखि मापदण्डविना भालुपहाडमा राजमार्ग फराकिलो बनाउन खनिएका कारण पहिरो गएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीले राति २ बजे ठूलो पहिरो गएको बताए । पहिरो गएपछि राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन् । सडक खुलाउन पोखराबाट डोजर बोलाइएको प्रहरी नायव उपरिक्षक अधिकारीले बताए ।

भालुपहाडमा नयाँबर्ष शुरु भएयता दुईपटक ठुलो पहिरो गइसकेको छ । अझै बर्षायाममा ठुलो समस्या हुने देखिएको बताइएको छ । अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको बताइएको छ । बिहान ११ बजेसम्म सडक खुल्ने प्रहरीले बताएको छ । बिना मापदण्ड सडक चौडा बनाउने नाममा राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको यातायात व्यवसायीहरु बताउछन् । आउने बर्षाद्मा भालुपहाडको पहिरो पाल्पाको सिद्धबाबा जस्तै बन्ने त होइन भन्ने चिन्तामा स्याजावासी रहेका छन् । शनिवार रातीदेखि परेको अबिरल बर्षाले भालुपहाड बाहेक अहिले सम्म कुनै बिपद्को अप्रिय घट्ना भने नभएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 572 times, 1 visits today)

epaper

ताजा समाचार

हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक