काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिममा नेपाल पनि रहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन नेपाली कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भएको छ । सांसद गगन थापाका अनुसार सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराइ सरकारलाई संवेदनशिल हुन आग्रह गरिनेछ ।
यस्तै, संसदको शिक्षा तथा स्वास्थ्य समितीलेपनि कोरोना भाइरस संक्रमण र भइरहेको तयारीका’boutमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसंग छलफल गर्ने भएको छ ।
समितीले सार्वजनिक चासोको विषय भएको भन्दै सरकारले गरेको तयारीका ’boutमा बुझ्न छलफल डाकिएको समिती सभापति जयपुरी घर्तीले बताइन् । उनले भनिन्, ‘भोली बिहीबार या पर्सि शुक्रबार छलफल गर्छौं । र, यस’boutमा जानकारी लिन्छौं ।’
तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)






