डक्टर बन्न पैसा नभएपछि कुटो समाउन पुगेका किसानको कथा

 

३७ वर्षिय रमेश वैद्यको प्राय समय खेतबारीमै बित्छ । सँधै झै हामी पुग्दा भक्तपुरको चाँगुनारायण वडा नम्बर २ स्थित ख्वप एग्रो कन्सर्न एण्ड रिसर्च सेन्टर प्रालि नमुना कृषि फार्ममा व्यस्त थिए ।

वैद्यलाई सुरुमा कृषिप्रति त्यति धेरै आकर्षण थिएन । साथीहरुले कृषि व्यवसायमा लागेर राम्रो गरेको सुनेपछि उनीसँगै उनी कृषि पेशामा आकर्षित भएका रहेछन् । अहिले उनको बारीमा लटरम्म स्ट्रोबरी फलेको छ । ५ रोपनी जनिममा १७ लाख लगानी गरेर स्ट्रोबरी रोपेका रहेका छन् । बारीमा लटरम्म स्ट्रोबरी फले पनि उपत्यकामा जारी निषेधाज्ञाका कारण स्ट्राेबेरी बजार पुग्न पाएको छैन ।

वर्षायाम पानीबाट पाकेका स्ट्रोबरी बचाउन पर्ने । बाँसको टनेल हाल्न लागेका वैद्य अरुलाई काम अराउँदै आफु पनि काम गर्दै थिए । मैले कुराकानीका लागि आग्रह गरेँ । हामी अफिसमा पुग्यौं । एउटा किसानको अफिस् अन्य ठुला व्यवसायीहरुको जस्तो चम्किलो थिएन । आकर्षक सोफा, कुर्सी र कागजपत्रले भरिएको दराज नभएको पनि अफिस हुँदो रहेछ । टिनको टहरा भित्र काठका मुढाहरु थिए । एउटा सानो कुनामा टेलब र तीन वटा पलास्टिका कुर्सी थिए । टिनको छाना भित्र काठै काठको मुढाले भरिएका देख्दा मैले उनलाई प्रश्न गरे । दाइ यहाँ त काठै काठले भर्नु भएको छ नी । ? मेरो प्रश्नको जवाफ दिदै उनले भने ‘यि काठ च्याउ उत्पादन गर्न राखेका हुन् ।’ च्याउ उत्पादन गर्न उपत्यकाबाट प्रति मुढा ३ देखि ४ सय रुपैयाँ हालेर खरिद गरेर ल्याउने गरेका छन् । उनको फार्मममा १८ सय मुढा छन । एउटा मुढाबाट एकपटकमा दुई केजीसम्म च्याउ उत्पादन हुन्छ ।

बैद्य भन्छन् ‘एउटा मुढाबाट ३ देखि ४ वर्ष सम्म च्याउ उत्पादन गर्न सकिन्छ ।’ च्याउ उत्पादन गर्न सूरुमा २० देखि २५ डिग्री तापक्रम चाहिन्छ भने मुढामा ढुसी आइसकेपछि १४ देखि १५ डिग्री तापक्रममा सिताके च्याउ उत्पादन गर्न सकिने उनले बताए । ‘काठमाडौँमा च्याउ उत्पादन जति गरेपनि बजार पाइन्छ । बजारको अभाव छैन ।’ उनले भने । च्याउको सिजनमा प्रतिकेजी ६ देखि ७ सय रुपैयाँमा आरामसँग विक्री हुन्छ हुन्छ भने बेसिजनमा ९ सय देखि १ हजार रुपैयाँ केजीमा विक्री हुन्छ । सिताके च्याउ विभिन्न रोगीहरुले खाँदा फाइदा हुने हुँदा पनि यसको मुल्य बढी हुने गरेको उनले बताए ।

कुराकानी गर्दै जाँदा उनले आफ्ना कथा भन्न थाले । खासमा उनको इच्छा त डक्टर बन्ने थियो । डक्टर बनेर धेरै बिरामीको उपचार गर्ने सपना त्यति बेला तुहियो जतिवेला उनले डक्टर बन्नका लागि आवश्यक पर्ने रकम जोहो गर्न नसकिने निश्कर्ष निकाले । डक्टर पढ्न पैसा नभएपछि कृषि विषय रोजेका वैद्य अहिले हातमा कुटो कोदालो लिएर माटोसंगै लुटपुटिरहन्छन् । ‘कृषि नै पढेकाले मलाई व्यवसायीक कृषक बन्ने इच्छा भयो ।’उनले भने । पढाइसकेपछि केही वर्ष एउटा गैरसरकारी संस्थामा ३ वर्ष दैलेखमा बसेर काम गरे । तलब राम्रै थियो । पैसा भएर पनि सन्तुष्ट हुन सकेनन् । बैचुन हुनु भन्दा आफ्नै काम गर्नु ठिक ठाने र व्यवसायिक कृषि फर्म सुरु गरे ।

डक्टर बनेर धेरै बिरामीको उपचार गर्ने सपना त्यति बेला तुहियो जतिवेला उनले डक्टर बन्नका लागि आवश्यक पर्ने रकम जोहो गर्न नसकिने निश्कर्ष निकाले

अहिले भने उनलाई कृषक बनेकोमा गौरव महसुस् भएको छ । उनी भन्छन् ‘मैले कृषि पेशामा लागेर धेरै मान्छेलाई अग्र्यानिक च्याउ, तरकारी खुवाउन पाएको छु ।’ उनको फर्मममा ५ जनाले रोजगारी पनि पाएका छन् ।

उनी १० महिना इजराइलमा पनि बसे । इजराइलमा पनि उनले कृषि फार्ममै काम गरे । १० महिना इजराइलमा बसेर आएपछि आफ्नै देशमा कृषि व्यवसाय गर्नुपर्छ भनेर भाडामा जग्गा लिएर तीन जना साथीको सहकार्यमा २०७० सालमा व्यवसायी कृषि व्यवसाय सुरु गरेका थिए । ‘हामीले तीन जनाले ८/८ लाख गरी २४ लाख रुपैयाँ लगानी व्यवसाय कृषि फार्म सुरु गरेका थियौँ । सूरुमा हामीले ५ रोपनी जग्गा भाडामा लिएर गाई र तरकारी खेती सुरु गरेका थियौँ ।’ उनले भने । अहिले ५ रोपनीबाट १७ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक कृषि गरेका छन् । ‘गाईबाट राम्रै आम्दानी हुन्थ्यो । तर, गाई हेर्ने मान्छे नहुँदा हामीले गाई विक्री गरेर सिताके च्याउ खेती गर्न सुरु ग-यौं ।’ उनले भने ।

अहिले सिताके च्याउबाट राम्रै आम्दानी गरेका वैद्यले च्याउ खेती उत्पादन सम्बन्धि विभिन्न ठाउँमा तालिम पनि दिने गरेका छन् । उनको फर्मलाई बागमति प्रदेशको भूमि व्यवस्था, तथा कृषि सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रले च्याउको लागि पफ प्यानल घर निर्माण गर्न दुई वर्षमा २४ लाख बढी अनुदान सहयोग गरेको छ । ‘सुरुमा तीन वर्षका लागि ५० लाख अनुदान दिने भनिएको थियो । पछिल्लो पटक अनुदान रकम घटेको छ ।’ उनले भने । च्याउ खेती सानो ठाउँमा गरेर पनि राम्रो आम्दानी लिन सकिने उनको भनाई छ । काठमाडौँमा स्टोबरीको माग पनि राम्रो भएको सुनाए उनको फर्मको स्ट्रेवरी प्रतिकेजी ११ सय रुपैयाँ विक्री हुन्छ । १७ लाख लगानीमा स्टोबरी खेती सुरु गरेको वैद्यले दुई वर्षमा १० लाख उठाएको जानकारी दिए । उनले यो पनि भनेँ ‘काठमाडौँमा व्यवसायीक रुपमा ठुलो स्टोबरी खेती गर्ने हामी नै हो । हामीले माग अनुसार उत्पादन गर्न सकेका र्छनौं ।’

अहिले निषेधाज्ञा स्टोबरी ल्याइदिनु भनेर फोन आउँछ । तर, बजारमा पु¥याउन सकेका छैनन् । कृषक वैद्य भन्छन्,‘ नेपालमा व्यवसायी कृषि खेती गरेर धेरै राम्रो आम्दानी लिन सकिन्छ । एउटा सानो जमिनमा बन्द खेती मात्र गर्ने हो भने पनि वर्षमा ५०/६० लाख आरामसँग आम्दानी गर्न सकिन्छ ।’

वार्षिक ६० देखि ७० लाख आम्दानी गर्ने गरेको वैद्यको भनाई छ । नेपालमा व्यवसायिक रुपमा कृषि खेती गर्ने हो भने कृषिबाट धेरै आम्दानी गर्न सकिन्छ । नेपाली युवाले स्वदेशमा रोजगारीको अवसर छैन भनेर विदेश जानु आवश्यक नरहेको उनको भनाई छ । मेहनतका साथ काम गर्ने हो भने विदेशमा भन्दा राम्रो पैसा घरमै बसेर कमाउन सकिने उनको भनाई छ । सरकारले कृषकलाई प्रोत्साहित गर्न कृषक अनुदान पनि दिने गरेपनि कतिपय किसानले अनुदान लिन नसकेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 460 times, 1 visits today)

epaper

ताजा समाचार

इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश