मनाङमा बाढी : सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगायो

 

लमजुङ । सोमबार साँझदेखि परेको अविरल वर्षाले मनाङ जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगाएको छ भने, आधा दर्जन घरमा बाढी पसेको छ । जिल्ला प्रवेश नाकामा रहेको ताल बजार विस्थापित भएको छ भने उद्दारका लागि गृहमन्त्रालयले पठाएको हेलिकप्टर मौसमको खरावीले गर्दा आउन सकेन ।

अबिरल बर्षका कारण सदरमुकाम चामेको जनजीवन अस्तव्यस्त भएको छ भने चामेमा वग्ने दुई ठाडा खोला घट्ट् खोला र स्यार्कु खोलामा आएको बाढीले मस्र्याङ्दी नदीलाई समेत केही बेर थुनेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए । उनका अनुसार सोमबारदेखि परेको अबिरल बर्षाका कारण चामेमा जिल्ला हुलाक कार्यालय, तीन निजी घर बगाई सकेको छ । ‘चामेबजारको मुख्य पुल समेत बगाएको छ । विद्युतका पोल ढलेका छन्, टोलिफोनका पनि पोल ढलाएको छ । खानेपानीका पाइप बगाएको छ । प्रजिअ लामिछानेले भने ‘मस्र्याङ्दी नदीमा बाढीले पानीको बहाव बढेसँगै मनाङको नासों गाउँपालिका– १, तालगाउँका अधिकांश घर डुवानमा परिसकेका छन् ।

६० घरधुरी रहेको ताल गाउँमा अधिकांश घर डुवानमा परेको र गाउँ नै जोखिममा परेपछि स्थानीयहरू घर छोडेर अन्यत्र सारिएको मनाङका प्रजिअ लामिछानेले बताए । उनले भने, ‘त्यो जानकारी गृहलाई गराएर केही पाल र ड्राईफुडको प्रवन्ध गर्न भनेको थियौं मौसमको खराबीका कारणले हेलिकप्टर आउने सकेको छैन ।’ उनका अनुसार अहिले उद्दारको काम मात्र चलेको छ नोक्सानको विवरण खासै संकलन भएको छैन । उद्धारका निम्ति ताल र धारापानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीहरूलाई खटाइएको पजिअ लामीछानेले जानकारी दिए ।

६० घरधुरी रहेको ताल गाउँमा अधिकांश घर डुवानमा परेको र गाउँ नै जोखिममा परेपछि स्थानीयहरू घर छोडेर अन्यत्र सारिएको छ

निरन्तर भारी वर्षासँगै आएको बाढीले चामेको मस्र्याङदी नदी किनारमा रहेको तातोपानी कुण्ड बगाएको मनाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए । उनका अनुसार सदरमुकाम आउने तिमाङ खोलाको मोटरेवल पुल समेत बगाएको छ । उनले भने, निरन्तरको बर्षा र बाढी सँगै ताल गाउँमा विद्युत तथा टेलिफोन पोल ढाल्नाले त्यो सेवा पनि अवरुद्ध भएको छ ।’ उनले भने, ‘केहिदिन अघिमात्रै तिमाङ खोला र स्यार्कु खोलामा निर्माण गरिएको काठको अस्थायी मोटरेवल पनि बगाएको छ ।’ बर्षाका कारण सदरमुकाम चामेमा रहेको लघु जलविद्युतको टनेप पाईप पनि बाढीले बगाएको छ । स्र्याकु खोलामा रहेको १५ किलोवाट लघु जलविद्युतको टनेल पाईप बगाएसँगै चामेमा पनि विद्युत अवरुद्ध भएको प्रनाउ खडकाले जानकारी दिए ।

यसअघि जेठ १४ गते पनि चामेको घट्टेखोलामा आएको बाढी नयाँ बजार वस्तीभित्र पसेको थियो । बाढीले केही टहरा, बिजुलीका पोल, सडक क्षतिग्रस्त बनाएको थियो । भौगालिक विकटतासँगै निरन्तरको बर्षा सँगै आएको बाढी पहिरोले मनाङको जनजीवन पुरै प्रभावित भएको मनाङ प्रशासनले जनाएको छ ।

यसैबीच, मनाङ प्रशासनले सार्वजनिक सूचना जारी गर्दै बाढी र पहिरोको जोखिम बढेको भन्दै सचेत रहन आम सर्वसाधरणलाई आग्रह गरेको छ । मनाङसँगै मस्र्याङदी नदिको तटिय क्षेत्र पर्ने छिमेकी जिल्ला लमजुङ, तनहुँ लगायतका प्रजिअ मार्फत सतर्कता अपनाउन आग्र्रह गरेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 634 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द