निषेधाज्ञाले मात्रै घटदैन संक्रमण

 

उपत्यकालगायतका प्रमुख प्रभावित सहरमा निषेधाज्ञा लगाइएको चार साता नाघिसक्दा देशभर निषेधाज्ञा छ । तथापि, संक्रमित र मृत्यृको संख्या ओर्लिन उल्लेखनीय सुरु गरेको छैन । दैनिक संक्रमण दर ३० प्रतिशतबाट घट्न सकेको छैन । आर्थिक क्षेत्रलाई क्रमशः चलायमान गर्दै लैजाने नीतिअनुसार काठमाडाैँ उपत्यकामा एक दर्जन क्षेत्र सर्तसहित खुला रहनेगरी निषेधाज्ञा असार १ गतेदेखि १ साता लम्बायो । तर, तोकिएका र अनुमतिबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन, शैक्षिक संस्था, सभा, सम्मेलन, जुलुस, सिनेमाहल, मठमन्दिर, नित्यपूजाबाहेक निषेधात्रा यथावत् रहनेछ । असार १ गतेदेखि १७ जिल्लामा निषेधाज्ञा जारी छ ।

सरकार निषेधाज्ञामा मात्र भर नपरी प्रभावकारी जनस्वास्थ्य मापदण्ड पालना, कन्ट्याक्ट ट्रेसिङ थालेर त्यहीअनुसार परीक्षणको मात्रा बढाउनपर्छ । हाम्रो स्वास्थ्य पूर्वाधारले सहजै धान्ने र समुदायमा संक्रमित फाट्फुट देखिई संक्रमणदर ५ प्रतिशत कम भए मात्र निषेधाज्ञा हटाउन सकिने विश्व स्वास्थ्य संगठन बताउँछ । कोरोना महामारीविरुद्ध लड्न धेरै देशले अनेकन उपाय अपनाएका छन तर नेपाल सरकार लकडाउन र कफ्र्युको भरमा मात्रै महामारीलाई पराजित गरेर इतिहास रच्ने दाउमा भएजस्तो देखिन्छ । मानिसलाई बेरोजगारी, कुपोषण र भोकमरीमा धकेल्ने देखिन्छ । तर, अब मान्छेको मन डराए पनि पेट डराउनेछैन । तयारी र काम केही नगरी देशभर लकडाउन र अहिले स्थान विशेषमा निषेधाज्ञा कहिलेसम्म ?

निषेधाज्ञा खोल्नुको अर्थ मुलुकलाई विश्वव्यापी महाव्याधिको चक्रबाट मुक्त बनाउन अझ जटिल परीक्षा दिनु पनि हो

सतर्क, सजक र सुरक्षाका उपाय सुन्ने, पढ्ने र हेर्ने मात्र नभई व्यवहारमा इमानदारिताका साथ अवलम्बन गर्नुपर्छ
महामारी रोक्न निषेधाज्ञाको मात्रै भर नपराैँ

एकान्तबास

कोरोना भाइरसको महामारी रोक्न देशमा निषेधाज्ञा र नागरिकले संक्रमणबाट बच्नकै लागि घरभित्र थुनिएर बस्न परेको आवश्यकता र बाध्यता दुवै छ । तथापि, नयाँ भेरियन्टले संक्रमण मात्र नभई मृत्यृदरलाई बढाउँदा घरभित्र बस्ने समय बढ्नुको विकल्प थिएन । सहरबाट गाउँघरमा कोरोना पुग्दैन भन्दै गाउँघरमा पुगेकामा र ’roundकामा पनि लक्षण देखिन थालेपछि कोरोना गाउँगाउँमा पुगेको स्पष्टै देखिन्छ । पहिलो लहरमा सक्रिय स्थानीय जनता, तह दोस्रो लहरमा निष्क्रिय छन् । क्वारेन्टिन, आइसोलेसन, सीआईसीटी छैन, संक्रमित गाउँघरमा चिया गफ, भेटघाट, घाँसदाउरा गर्दै हिँडिरहेका छन् । संक्रमितसँग न नजिकै औषधि न पल्स अक्सिमेट्री, थर्माेमिटर न प्रयोगशाला वा एक्सरे गर्ने स्थान नै छन् जसले गर्दा जटिल भए मात्र अस्पताल तथा सहर पुग्दा जटिलता र मृत्यृको बढोत्तरी भइरहेको छ ।

बत्ती र इन्टरनेट नभए सामाजिक सञ्जालमा रमाउन नपाए समय बिताउन महाभारत बनेको छ । सकारात्मकभन्दा नकारात्मक कुरा चाडो फैलने अर्थात् भाइरल बन्ने कारणले नकारात्मक असर उच्च छ । बिहान उठनासाथै शव, मृत्यृ, श्रद्धाञ्जली, समवेदनाले दिनभर पीडा दिन्छ । आत्मबल बढाउने र तथ्यसहितका सही कुरा फैलाए सामाजिक सञ्जालको गरिमासँगै हर मानिसको आत्मबल पनि बढ्नेछ । त्यसो त खुला आकाशमुनि घुम्न, रमाऊन र चाहेको तथा गरिरहेका काममा फर्कन सबैको इच्छा छ ।

लक्षण हुँदाहुँदै पनि २/४ दिन हेराैँ परीक्षण गरेर पनि केही थप उपचार हुने होइन भन्नेको जनसंख्या बढ्दै गर्दा गम्भीर लक्षण र मृत्यृमा बढोत्तरी भएको छ । संक्रमितमा निमोनियाको लक्षण देखिन ५ देखि १० दिन लाग्ने, त्यसबेलासम्म ज्वरो हटिसक्ने, खोकी अलिअलि लाग्ने वा बढ्ने गर्दा औषधि खाएर घरमै बसी खोकी निको पार्नतिर लाग्छन् । कोरोनाको जोखिमयुक्त पक्ष भनेकै बिरामीको स्वास्थ्य अचानक गम्भीर हुनु हो, के घरमै आइसोलेसनमा बस्दा सावधानी अपनाउँदा अपनाउँदै सर्ने जोखिम तथा जटिलता र मृत्यृको जोखिम टार्न सकिन्छ त ?

विकल्प खोप

मूलतः देशको कुल जनसंख्या ३ करोड ३ लाख ६६ हजार ४ सय ८५ जना रहेको सरकारी अनुमान छ । २०७८ पुस १७ सम्म सबैलाई अर्थात् खोप लगाउन योग्य २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने प्रतिबद्धता जनाएको थियो । औषधि व्यवस्था विभागले कोभिसिल्ड, भेरोसिल, कोभ्याक्सिन, स्पुतनिक भी र साइनोभ्याकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । २०७८ साल जेठ २८ सम्म २३ लाख ८३ हजारले मात्रै खोप लगाउने अवसर पाएका छन । आजसम्म कोरोना संक्रमित ६ लाखमा ८ हजार ५ सयले ज्यान गुमाएका छन् । १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ जना खोपको प्रतीक्षामा छन् । प्रतिबद्धता खोप उपलब्ध गराउने जनाएका देशले सुनिश्चितता र सरकारले आफ्ना संयन्त्रो सशक्त परिचालन गर्न नसकेकाले पूरा हुने देखिँदैन ।

हिमाली क्षेत्रमा पटकपटक खोप पु¥याऊन गाह्रो, उपचार सुविधाको कमी र पटकपटक खोप अभियान गर्न समस्या हुने भएकाले प्राथमिकता दिई १८ वर्षमाथिका सबैलाई खोप दिइएको न्यायोचित छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको अगामी निर्वाचन कात्तिक २९ र मंसिर ३ गते पहिले १८ वर्षमाथिका सबैलाई खोप दिइसक्ने बताएका छन् । त्यो कसरी सम्भव होला भन्नेमा सबै सचेत बन्न जरुरी छ ।

जिम्मा नागरिककै काँधमा

कोभिड १९ तीव्र रूपमा फैलिने तर सापेक्षित कम मृत्यृदर भएको रोग हो । मौसमी रुघाखोकी गराउने अन्य भाइरसजस्तै भए पनि कोभिड–१९ गराउने सार्स कोभ २ को मानिसमा मृत्यृदर अरूभन्दा बढी अर्थात् २ देखि ३ प्रतिशतसम्म छ । जबकि महामारी गराउने भाइरसमध्ये माबर्गको ८०, निपाहको ७७.६, हेन्ड्राको ५७, बर्डफ्लुको प्रजातिअनुसार ३९ देखि ५३, इबोलाको ४०.४, मर्सको ३४.४ र सार्सको ९.६ प्रतिशत मृत्यृदर छ । अहिले पनि समुदायमा हैजादेखि क्षयरोग, नसर्नेरोगका कारण हुने मृत्यु धेरै छ ।

निषेधाज्ञाका बेला भने परिवारभित्र कोरोना फैलिँदै गएको हो कि भन्ने शंका उत्पन्न भएको छ । डाक्टरसाब उहाँलाई पहिला कोरोना देखियो अनि परिवारैले परीक्षण गरायौं सानो नानीबाहेक हामी सबै संक्रमित भइसकेछांै तथापि लक्षण देखिएको छैन, अब के गर्ने भन्दै फोन गर्ने उपत्यकामा बढ्दै छन् । पहिलाभन्दा आजभोलि फरक भनेको घरमा एक जना संक्रमित भए पनि अन्य हुँदैनथे । निषेधाज्ञा सुरु भएपछि ह्वात्तै बढेको देखिन्छ । एकअर्काबीच हेलमेल हुन नदिई संक्रमण नियन्त्रण गर्न सरकारले निषेधाज्ञा लगाए पनि परिवारका कुनै एक सदस्यमार्फत संक्रमण भित्रिएपछि भाइरसले सहजै पहु“च बढाएको पाइन्छ । दोस्रो पहिला जोकोही संक्रमित हँुदा अस्पताल लगिन्थ्यो र नेगेटिभ रिर्पाेट नआएसम्म डिस्चार्ज गरिँदैन्थ्यो । परिवारमै संक्रमण हुन थालेपछि पाको उमेर र दीर्घरोगीमा प्रत्यक्ष प्रभाव पार्न थालेको तथ्यांक छ, जसका कारण लक्षणसहितका र मृत्यृदर बढेको छ । निर्देशिकाले परिवारमा कोही संक्रमित भए होम आइसोलेसनको परिकल्पना गरेको छ तर परिवारै संक्रमित भए के गर्नेमा स्पष्ट छैन । संक्रमितसँग कसरी सर्तकता अपनाउनेमा उल्लेख छ तर नाबालक, वृद्ध वा दीर्घरोगी मात्र बा“की रही सबै संक्रमित भए उनको खानपान, स्याहारसुसार कसले गर्ने, परिवार आइसोलेसनमा रहँदा दैनिक खाद्यसामग्री, मानसिक तनाव, लक्षण देखिए अस्पताल लैजानेको जोहो कसले र कसरी गर्नेमा मौन छ जुन ठूलो चुनौती हो । जसमा छिमेकी,समुदाय र टोलले नै हौसला, सहयोग र समन्वय गर्नुपर्छ ।

अन्तमा, अमेरिकामा त रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पत्ता लागेका भन्दा १० गुणा बढी संक्रमित रहेको अनुमान गरेको छ भने हामीकहाँ दैनिक १० देखि १५ हजारको परीक्षण गर्दा धेरै संक्रमित अहिले पनि पहिचान भइनसकेको अवस्थामा रहेका हुन सक्छन् । ज्येष्ठ नागरिकलाई नर्सिङहोममा राख्ने चलन छैन, दाहसंस्कारका लागि चिकित्सकको प्रमाणपत्र अनिवार्य छैन । भारतजस्तै संयुक्त परिवार छ र अब लकडाउनभन्दा व्यक्तिगत लकडाउन अर्थात् सुरक्षा नै जरुरी छ । सतर्क, सजक र सुरक्षाका उपाय सुन्ने, पढ्ने र हेर्ने मात्र नभई व्यवहारमा इमानदारिताका साथ अवलम्बन गरौं । सरकारले आफ्नो जिम्मेवारी पूरा गरिसकेपछि अब जिम्मा नागरिककै जिम्मामा छ । लकडाउन खोल्नुको अर्थ देशको अर्थतन्त्र र नागरिकको दैनिकी सहज बनाउनु मात्र होइन, मुलुकलाई विश्वव्यापी महाव्याधिको चक्रबाट मुक्त बनाउन अझ जटिल परीक्षा दिनु पनि हो ।

 

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ