काठमाडाैं । पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बागलुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले संक्रमितको संख्या बढी देखिएको बताएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ र ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५४ हजार ४७० पुगेको छ । तीमध्ये हालसम्म ५ लाख ६४ हजार ८८२ जना निको भएका छन् भने ८ हजार ८१३ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)






