नेकोसद्वारा खोप प्रदान

काठमाडौं । नेपाल खेलकुद महासंघ (नोकोस)ले खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आइतबार प्रदान गरेको छ ।

नो कोभिड, नो भीड अभियानअन्तर्गत महासंघको पहलमा २ सय जनालाई खोप प्रदान गरिएको नेकोसका महासचिव मेघराज पौडेलले जनाएका छन् । खोप लगाउनेमा अधिकांश खेलाडी थिए ।

नेकोसले पहिलो मात्रा पनि नलगाएका खेलाडीलगायतलाई खोप उपलब्ध गराएको खोप अभियानका संयोजक एवं नेकोसका उपाध्यक्ष समेत रहेका राखेपका सदस्य सुभाष श्रेष्ठले जानकारी दिए ।

त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा सम्बन्धितलाई खोप लगाइएको हो । यसअघि महासंघले अग्रपंक्तिमा रहेर कार्य सञ्चालन गर्नुपर्ने विभिन्न क्षेत्रलाई स्वस्थ्य सामग्री प्रदान गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति