फिल्मको छायांकनमा फर्किए अजय देवगन

मुम्बई । करिब ३ महिनाको लकडाउनपछि अभिनेता अजय देवगन फिल्मको छायांकनमा फर्किएका छन् । उनी आफ्नो पछिल्लो फिल्म भुज द प्राउड अफ इन्डियाको बाँकी छायांकनमा फर्किएका हुन् । यो फिल्मको छायांकन चलिरहँदा तीन महिनाअघिबाट एक्कासी मुम्बईमा कोरोनाको महामारी सुरु भयो । जसका कारण लकडाउन भयो । सो लकडाउनका कारण यो फिल्मको छायांकन रोकिएको थियो ।

फिल्मको छायांकन आइतबारबाट सुरु भएको छ । हुन त अभिनेता अजय देवगनको महŒवाकांक्षी फिल्म आरआरआरको पनि केही छायांकन बाँकी छ । उनी फिल्म भुजको छायांकन सकेर आरआरआरमा जोडिने भएका छन् ।

भुजको क्लाइमेक्स छायांकन बाँकी रहेको छ । यो फिल्मको बाँकी छायांकन एक सातामा सकिने यी अभिनेताले बताएका छन् । क्लाइमेक्समा अजय आफैंले यसपटक द्वन्द्व निर्देशन समेत गर्दै छन् । अभिनेतासँगै निर्देशनको जिम्मेवारीका कारण उनले यो फिल्ममा बढी खट्नुपरेको छ ।

यो फिल्मको छायांकन मुम्बईको फिल्मीसिटी स्टुडियोमा सुरु भएको छ । त्यहाँ फिल्मका लागि सेट पनि लगाइएको छ । यदि, कुनै बाधा नआएमा फिल्मको छायांकन आफूहरूले एक साताभित्रै सम्पन्न गर्ने अजय देवगनले बताएका छन् ।

यो फिल्मको यसअघि नै रिलिजको मिति तोकिएको थियो । तर, कोरोनाका कारण फिल्मको छायांकन नै सम्पन्न नभएका कारण प्रदर्शन अनिश्चित भएको हो । अब भने फिल्मको छायांकन सकिने भएकाले प्रदर्शन मिति पनि उनले तोक्ने भएका छन् ।

यो फिल्ममा अभिनेता अजय देवगनसँगै सञ्जय दत्त, सोनाक्षी सिन्हा, नोरा फतेही, शरद केलकर, एमी वर्कको मुख्य भूमिका रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 550 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम