धनगढी । सुदूरपश्चिममा वादी समुदायबीच आपसमा झडप भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि वादी समुदायका दुई पक्षबीच झडप भएको छ । सरकारी राहत तथा कार्यक्रम बाँडफाँट’bout विवाद भएपछि दुई समूह बीच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले ज्ञापनपत्र बुझाउन आएका बादी समुदायका नागरिकबीच एकआपसमा झडप भएको जानकारी दिए उनले अहिले वडा प्रहरी कार्यालयमा छलफल भइरहेको बताए ।
सुवास वादीले १७ लाख रुपैयाँ हिनामिना गरेको उनीहरुको आरोप छ । महिलाहरूले हातपात गरेपछि सुभाष वादीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ

प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि भन्दै बादी समुदायको नागरिकहरूको लागि ३ करोड रकम विनियोजन गरेको छ । आइतबार बादी उत्थान समितिकी अध्यक्ष रमा बादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । मिठु बादी नेतृत्वको बादी समुदायका नागरिक पनि मुख्यमन्त्री कार्यालय बाहिर आएका थिए ।
रमा बादी नेतृत्वको समूहले बादी समुदायको नाममा यसअघि पनि बिभिन्न कार्यक्रम गर्दै आर्थिक हिनामिना गरेको भन्दै मिठु बादी नेतृत्वको बादी समुदायले विरोध गरेपछि मुख्यमन्त्री कार्यालय अगाडि हात हालाहाल भएको हो । ‘वास्तविक वादीका महिलाहरू हामी हौँ । उनीहरु त नेता हुन्’ मिठु वादी पक्षकी कमला वादीले भनिन्, ‘सरकारले हामीलाई ३ करोड रकम दिएको छ । त्यो खान नेताहरुले वादविवाद गरेका छन् ।’
सुवास वादीले १७ लाख रुपैयाँ हिनामिना गरेको उनीहरुको आरोप छ । महिलाहरूले हातपात गरेपछि सुभाष वादीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । ‘रमा बादीले हाम्रा दिदी बैनीलाई कमाइ खाने भाँडो बनाएकी रहिछन’ भूमिहीन संघर्ष समितिका अध्यक्ष मिठु वादीले भनिन्, ‘हाम्रो बजेट यिनीहरूले खाए ।’ वसन्ती वादीले पनि आफूहरूलाई वादीका अगुवाहरूले ठग्ने गरेको बताइन् । ‘वादीका नेता भन्नेहरूले हामीलाई ठगेका छन् । हाम्रो जग्गा छैन । आएको राहत पनि खान्छन’, उनले भनिन्, ‘हाम्रो छोराछोरीले पढ्न पनि पाएका छैनन् । खान पनि पाएका छैनन् । यिनीहरूले हाम्रो बदनाम गरेर आफ्नो पेट भरिरहेका छन् ।’






