‘खेदा’मा ‘पालाम’को कथा

काठमाडौं । लिम्बु समुदायको विवाह तथा पालाम संस्कृतिलाई लघु चलचित्र ‘खेदा’ अर्थात् ‘कथा’मा उतारिएको छ । यो लघु चलचित्रलाई यति बेला सार्वजनिक गरिएको छ ।

यो चलचित्रमा रुकमान लिम्बु र सवनम साबा लिम्बु मुख्य भूमिकामा छन् । यस्तै यासेली योङ्हाङ लिम्बु, मनु थक्लुङ लिम्बु, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बु, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तीमाया चोङ्बाङ, बुद्धमति लिम्बु, कृष्णमाया लिम्बु, दिपा सुहाङ, भीम सेनिहाङ लिम्बु, दीपा सुहाङ, जेपी नेम्बाङ लिम्बु, भीमसागर मादेम्बा लिम्बु, उदय बेघा लिम्बु, रेश्मा लिम्बु, सुमन लिम्बु, मनु नेम्बाङ, इन्दिरा हुक्पा चोङ्बाङ लिम्बु, मनकुमार वनेमलगायतका एक सय जनाको अभिनय रहेको छ ।

यो लघु चलचित्र भूतपूर्व लाहुरेकी पत्नीले नातीको विवाहका लागि गरेको संघर्षमा आधारित छ । उनले श्रीमानको मरणोपरान्त निवृत्तिभरण (पेन्सन) थाप्न जाँदा आफ्नो नाति उमेर पुगेकाले बुहारी ल्याएन भन्ने चिन्ता गरेको कुराबाट यसको कथा अगाडि बढेको छ । विवाह संस्कृतिलाई नजिकबाट बुझाउन खोजिएको लघुचलचित्रमा लिम्बु जातिको धाननाच प्रस्तुत गरिएको छ । धाननाचबाटै मन पराइएको युवायुवतीबीच विवाहका लागि लाने÷जाने संस्कृति पनि यस चलचित्रमा देखिएको छ ।

यसरी बोजु पेन्सन थापेर आउँदा बुहारी ल्याइदिएको कथा यसमा रोचक रूपमा प्रस्तुत गरिएको छ । पालामलाई प्राथमिकतामा राखिएको चलचित्रमा मनु नेम्बाङ र सुमन लिम्बुले गाएका छन् । रचना नेम खापुङ लिम्बु, लय संकलन सुमन लिम्बु, संगीत संयोजन अशोक लोहोरुङ राईको रहेको छ । मनु र सुमनलाई भीम सेनेहाङ लिम्बु, रुकमान लिम्बु, निरन्ता नेम्बाङ, दीपा सुहाङ, दिवस पयाङगु लिम्बु, रोजिना थेगिम लिम्बुले पालाम खाप्न सघाएका छन् । जसमा याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको छ ।

यो चलचित्रमा देवेन्द्र खापुङ सुर्केलीको पटकथा संवाद, डीबी आङबुङ लिम्बुको भाषा अनुवाद, तेह्रथुमे बुटिकको पहिरन रहेको छ । चलचित्रमा बुद्ध थापाको छायांकन विनोद लामाको पाश्व संगीत, विकास दाहालको सम्पादन छ । यो लघु चलचित्रको कथा निर्देशन लोकेन सावाको हो । लोप हुन लागेको लिम्बु संस्कृतिलाई जगेर्ना गर्न यो चलचित्र बनाएको निर्देशक सावाले बताए । यसलाई अब विभिन्न महोत्सवमा प्रदर्शनी गरिने पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 484 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता