राष्ट्र भक्तका निम्ति आफ्नो देशभन्दा ठूलो अरू केही हुँदैन । उनीहरू देशको निम्ति मर्न पनि तयार हुन्छन् । हाम्रो मुलुकमा राष्ट्रको निम्ति प्राण उत्सर्ग गर्ने व्यक्तिहरू धेरै छन् । उनै वीर पुर्खाले देशको खातिर गरेको बलिदानले हामी वीर गोरखाली भनी विश्वमै चिनिँदै आएका छौं । यो हाम्रो गौरवको विषय हो । कसैले राष्ट्र निर्माणमा उल्लेख्य योगदान पु¥याएका छन् भने कसैले राष्ट्रिय अस्तित्व रक्षार्थ योगदान पु¥याएका छन् । यस्तै, कतिपयले देश र जनताकै सेवामा जीवन समर्पित गरेका छन् । यस क्रममा कसैले राष्ट्र प्रमुखको भूमिकामा, कसैले राज्यको सर्वोच्च प्रशासकका रूपमा तथा कसैले राष्ट्रभक्तिले अभिप्रेरित भई स्वस्फूर्त रूपमै विविध क्षेत्रमा योगदान पु¥याएका छन् । यस्तै, ऐतिहासिक सपूतमध्ये आआफ्नो काम कर्तव्य र दायित्वसँग सम्बन्धित अग्रज चार महापुरुषलाई यस आलेखमा समेटेको छु ।
१. पृथ्वीनारायण शाह
१७७९ सात पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाह २० वर्षको उमेरमा १७९९ सालमा गोरखाको राजा भए । उनी जन्मनुभन्दा अगाडि नै भारतमा अंग्रेजहरूको बोलबाला थियो । अंग्रेजहरू नेपाल कब्जा गर्न चाहन्थे तर, अवसर पाएका थिएन । छरिएर रहेका ससाना राज्य यथाअवस्थामै रहे कमजोरीको फाइदा लिई अंग्रेजबाट नेपालको अस्तित्व नै संकटमा पर्न सक्ने चिन्ता पृथ्वीनारायण शाहमा थियो । यसैले उनले राज्य एकीकरण गरी नेपाललाई संगठित सबल राज्यमा परिणत गर्ने उद्देश्य लिए । त्यसताका गण्डकी र कर्णाली भेगमा बाइसे, चौबीसे राज्य, उपत्यकामा मल्ल राज्य तथा दक्षिण र पूर्वी भेगमा सेन वंशी एवं किरात राज्य थिए । एकीकरणको क्रममा सर्वप्रथम पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट कब्जा गरे । त्यसपछि क्रमशः बेल्कोट, नाल्दुम, महादेव पोखरी, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, लामिडाँडा, साँखु, चाँगु, मकवानपुर, हरिहरपुरगढी, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर विजयपुर र चौदण्डीसमेत गरी ३३ वटा राज्य पृथ्वीनारायण शाहले १८३१ माघभित्रै एकीकरण गरी नेपाल राज्यमा मिलाए ।
पृथ्वीनारायण शाहको पश्चिमतर्फको एकीकरण अभियान भने उनले चाहेर पनि सम्पन्न गर्न पाएनन् । तथापि उनकै अनुन्यायी राजेन्द्र लक्ष्मी, प्रतापसिंह शाह, बहादुर शाह, रणबहादुर शाह हुँदै अमरसिंह थापा र भीमसेन थापाको कार्यकालसम्म पश्चिमका अधिकांश राज्य नेपालमा गाभिए । नेपाल एक सुसंगठित स्वतन्त्र राज्यमा स्थापित भयो । पृथ्वीनारायण शाहले लिएको उद्देश्य अन्ततः सफल भयो । पृथ्वीनारायण शाहको उचाइमा पुग्ने राष्ट्रभक्त नेपालमा अरू छैनन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ५२ वर्षकै उमेरमा १८३१ माघमा नुवाकोटको देवीघाटमा मृत्यु भयो ।
२. भीमसेन थापा
अमरसिंह थापाका छोरा भीमसेन थापाको जन्म १८३२ सालमा गोरखाको बोर्लाङमा भएको थियो । सरकारी सेवामा रहेका बाबु अमरसिंहकै प्रेरणाले उनी १२ वर्षकै उमेरमा रणबहादुर शाहको सेवक बने । १८५४ मा सरदार भएका भीमसेन थापा क्रमशः सुबेदार, काजी, प्रमुख काजी, मुलकाजी हुँदै जनरल भए । १८६३ सालदेखि १८९४ सम्म त उनी नेपालको पहिलो प्रधानमन्त्रीको पदमा रहे । अंग्रेजबाट नेपाललाई खतरा छ भन्ने कुरामा भीमसेन थापा सधैं सचेत रहन्थे । भीमसेन थापाको अगाध राष्ट्रभक्ति देखेरै रणबहादुर शाहले ‘म मरे मुलुक डुब्न्या छैन भीमसेन म¥यो भन्या डुबन्या छ’ भनेका थिए । उनको राष्ट्रभक्तिको कदर गर्दै अंग्रेज अधिकारी ओल्डफिल्डले त ‘भीमसेन थापाको मनमस्तिष्कमा आफ्नो देशको स्वतन्त्रभन्दा प्यारो र नजिकको अरू कुनै चिज छैन’ भन्ने विचार व्यक्त गरेका थिए । राणा प्रधानमन्त्री जंगबहादुरले समेत ‘हामा महाबजिरहरू (राजा पछिका)मध्ये एक भीमसेन थापा ठूला बजिर हुन्’ भन्थे भीमसेन थापामा राष्ट्रभक्तिको उचाइ कति थियो भन्ने कुरा यिनै अभिव्यक्तिले प्रमाणित गर्छ ।
नेपाललाई अंग्रेजको पञ्जामा पर्न नदिन गोरखालीलाई सहयोग गरेर सिधुलीबाटै लखेट्नमा रामचन्द्रको उल्लेखनीय योगदान छ
पाल्पा र गहढबाल भीमसेन थापाकै थालामा नेपालमा गाभियो । उनकै पालामा अमरसिंह थापाले नेपालको सिमाना पश्चिमको सतलज नदीसम्म पु¥याए । अंग्रेजसँगको युद्धमा भने अमरसिंह थापा, दलमन्जन पाँडेजस्ता योद्धाले अहिले नै युद्ध गरी हाल्नुहुँदैन भन्दा पनि नमानी भीमसेन थापाले १८७१ साल कात्तिकमा अंग्रेजसँग युद्ध गर्ने घोषणा गरे । तर, अंग्रेजसँगको युद्ध उपलब्धिमूलक बन्न सकेन । अंग्रेजसँगको युद्धमा भएको पराजय र सोही क्रममा भएको १८७२ सालको सुगौली सन्धिपछि भने भीमसेन थापाको प्रभाव क्रमशः घट्दै गयो । अन्ततः दरबारिया भाइभरदारबीचकै षड्यन्त्रको कारण जेल परेका भीमसेन थापाले आफैंबाट सेरिएर आत्महत्या गरे । यस क्रममा १८९६ साउन ८ गते आफ्नै हातको खुकुरीको चोटबाट सक्त घाइते भएका भीमसेन थापाको ८ दिनपछि साउन १६ मा मृत्यु भयो ।
३. रामचन्द्र प्रसाई
रामेछापको मुगीटार निवासी नन्दमुनि प्रसाईका नाति श्रीकृष्णका छोरा रामचन्द्र प्रसाईको जन्म १७७१ सालमा मुगीटारमा भएको थियो । हजुरबुबा नन्दमुनिले कान्तिपुरका राजा जगत्जय मल्लसँग १७८६ सालमा मुगीटारमै थप बिर्ता खरिद गरी बसोबास जमाएपछि कान्तिपुरको मल्ल राजखलकसँग रामचन्द्र प्रसाईको हेलमेल बढ्दै गयो । १७८९ मा जगज्यको मृत्युपछि उनकै माइला छोरा जयप्रकाश मल्ल कान्तिपुरका राजा भए । जयप्रकाश मल्लसँग रामचन्द्रको सुमधुर सम्बन्ध थियो । कान्तिपुरको पूर्वी भेगकै रामचन्द्र प्रसाई विश्वासी व्यक्तिका रूपमा दरबार चिनिन्थे । रामचन्द्रको समाजसेवाको प्रसिद्धि सिन्धुलीदेखि कान्तिपुर दरबारमा मात्र होइन गोरखा दरबारसम्म नै फैलिएको थियो । एकीकरणताका पृथ्वीनारायण शाहका भारदारले त मुगीटारका रामचन्द्र प्रसाईलाई हात लिए कान्तिपुर कब्जा गर्न सहज हुन्छ भनी पृथ्वीनारायण शाहलाई सल्लाह दिँदै आएका थिए ।
एकीकरणका क्रममा १८२२ सालमा कीर्तिपुर कब्जा गर्न सफल बनेपछि पृथ्वीनारायण शाहले कान्तिपुरलाई आक्रमणको निसाना बनाउँदै थिए । यो कुरा थाहा पाएका जयप्रकाश मल्लले सुसंगठित बन्दै आएको गोरखाली सैन्य शक्तिको तुलनामा आफ्नो सैन्यबल कमजोर रहेको महसुस गरी, अंग्रेज सेनाको सहयोग बेगर कान्तिपुर राज्य जोगाउन नसकिने निर्णय गरेर अंग्रेजसँग सहयोग मागे । यसभन्दा पहिलेदेखि नै उपत्यका प्रवेश गर्न खोजिरहेको अंग्रेजले जयप्रकाशको सहयोगलाई नस्वीकार्ने कुरै थिएन । अंग्रेज फौज जयप्रकाशको सहयोगार्थ उपत्यका भित्रँदै छ भन्ने कुरा मुगीटारमा भएका रामचन्द्र प्रसाईले थाहा पाए । अंग्रेज भित्रिए नेपालको अस्तित्व मेटिन्छ, जसरी भए पनि अंग्रेजलाई सिन्धुलीबाटै लखेट्नुपर्छ भन्ने चिन्ता रामचन्द्रको थियो । अंग्रेज झिकाउने जयप्रकाशको योजना रामचन्द्रका लागि स्वीकार्य भएन । यसैले जयप्रकाशकै सहयोगी भएर नेपालको अस्तित्व गुमाउनुभन्दा पृथ्वीनारायण शाहलाई सहयोग गरेरै भए पनि नेपाल राष्ट्र बचाउनुपर्छ भन्ने निर्णयमा पुगेका रामचन्द्र प्रसाईले आफूले थाहा पाएको सबै वृतान्त खुलाई कीर्तिपुर मुकाम गरी बसेका पृथ्वीनारायण शाहलाई तत्कालै पत्र लेखे । रामचन्द्रको पत्र प्राप्त भएपछि युद्धसम्बन्धी तत्काल आवश्यक परेको सहयोगको अपेक्षा गर्दै पृथ्वीनारायण शाहले प्रत्युत्तर पत्र रामचन्द्रलाई पठाए । पुरातŒव विभागमा रहेको सो पत्रको बेहोरा सर्वप्रथम २०२७ साल माघमा पुरातŒव विभागकै मुखपत्र ‘प्राचीन नेपालको’ संख्या १४ पेज नम्बर ५७ मा प्रकाशित भएको छ । पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईलाई पठाएको सो पत्रको पूर्ण विवरण यस्तो छ ।
‘स्वस्ती श्री सर्वोपमा जाग्येत्यादी श्री रामचन्द्र पसैंको पूर्वक पत्रमिदं ञाहाँ कुशल तहाँ चाहिये जे हिते परमानन्दहोइ पत्र आयो अर्थ मालुम भयो आग्ये ञहाँको समाचार भलो छ उप्रान्त सिन्धुलीमा फिलुंगी चढ्छ भन्या फांकिन्छ कसो गन्या हो भनि पठयाछौं भलो गरेउ उ गोरषा नेपाल भंनु येकै हो बेलाका फेरले पेट बस्योत जले पाया पनि आफैंमा रहन्या हो उ सिधुंलीमा फिलुंगी चढ्छ भन्याको निस्तुक हो जयप्रकाशको भरमै आया पनि हिन्दुस्तान षान्याले नेपाल छाडला भन्नु छैन गोरषा भन्नु नेपाल भन्नु उनै गोरषनाथ हुन त दुवै यकै हुन् । फिलुंगी भन्याको ब्वासो हो आज उ चढ्यो भन्या सबैले बाँच्नु छैन उ ठाना पारी धाल्या जाती होला भनि विंतीगरी पठाया छौं आज निगाल्यामा ठाना वन्यापनि कल्ह भंज्याङमा बलियो गरी बस्न्या हो तरयानी जानु छैन फिलुंगीले पेट पाउला आफ्नु पेट कसो ग¥या पनि दिनु छैन पेट पायो भन्या थामन गाह्रो पर्ला जयनारानले पुरकोट उंभोको झारा बटुल्या छ त पनि ततिले पुग्न्या होइन अरूभर तीम्रैछ चाडोगरी आफ्नु बलली हाम्रा काजीहरू थ्यै जाव आड वलियोगरी बनाउन्या हो उ दुइ हजार रूपैञाँ भया आजको काजटर्ला अंन पानी आज पुग्या पनि काल्ह कसोहोला । जानीसक्नु छैन पुग्दो मिलाव षेत भन्या पनि काजीले सहिहाल्या जति हो मोहर गरिबक्सौलापछि रूपैञानै भन्छौ त पनि सावा ब्याज सबै सदर उ तिमी भन्याका वडा मानिस हौं आज काजीले भन्या जति हो तति पु-याव ञाहाँबाट पनि अरू भारालाई विदा गरेउ तताको भर तीम्रैछ आज तिमीले मिहिनत ग¥या पछि तीमिलाई छाडि कल्लाइ गर्नुछ काजपु-याव विज्ञेषु किमधिकं भाद्र वदी ९ रोज ३ मुकाम किर्तिपुर सुमभ’
राष्ट्रभक्ति बोलीमा सीमित होइन हाम्रो व्यवहारमै प्रतिविम्बित हुनुपर्छ
पृथ्वीनारायण शाहको माथिको प्रत्युत्तरपत्र पाउना साथ रामचन्द्रले आफ्नो क्षेत्रका सम्पूर्ण झारा (स्वयंसेवक दस्ता) बुटली गोरखाली फौजमा मिलाएर गोरखाको सैन्य सैन्य शक्ति मजबुद बनाए । युद्ध लड्ने नेपालीहरूका लागि आवश्यक पर्ने रसदपानीको व्यवस्था आफ्नैतर्फबाट मिलाए । युद्ध लडन भरपर्दो मजबुद आड बनाउने कार्यमा गोरखाली सेनालाई सहयोग पु¥याए । पृथ्वीनारायण शाहलाई तत्काल आवश्यक परेको नगद २ हजार दिएर सहयोग गरे । आफूले बटुलेका झारासहित गोरखाली सैन्यलाई पाँच समूहमा विभाजित गराई एक समूहको नेतृत्व गर्दै युद्धमा रामचन्द्र आफैं होमिए । पृथ्वीनारायण शाहलाई समयमै सूचना नदिएको तथा उपरोक्तअनुसारको सहयोग तत्कालै रामचन्द्र प्रसाईले नगरेको भए सम्भवत सिंधुलीगढी युद्ध जित्न पृथ्वीनारायण शाहलाई कठिन पर्न सक्थ्यो । यस्ता त्यागी व्यक्तिको पृष्ठभूमि भने न राज्यको उच्च पदस्थ पदाधिकारी, न सरकारी कर्मचारीकै थियो । रामचन्द्र त त्यो भेगका एक लोकप्रिय समाजसेवी राष्ट्रभक्त सचेत नागरिक मात्र थिए । उनले राष्ट्रभक्तिले अभिप्रेरित भई नेपाल राज्य अंग्रेजको पञ्जामा पर्न नदिन आफ्नो तन, मन र धनले नै गोरखालीलाई सहयोग गरेर सिधुलीबाटै अंग्रेजलाई लखेट्न उल्लेखनीय योगदान पु¥याए ।
४. वीर बलभद्र कँुवर
नेपाल र अंग्रेजबीच देहरादुनभन्दा करिब दुई कोष टाढाको नालापानीमा १८७१ साल कात्तिक ५ देखि मंसिर १५ सम्म एक महिन युद्ध भएको थियो । सो युद्धमा नेपाली पक्षको नेतृत्व राष्ट्रका सिपाही वीर बलभद्र कुँवरले गरेका थिए । कुँवरको साथ युद्ध लड्ने सेना, आइमाइ र केटाकेटीसमेत ६ सय जना थिए । नेपालीहरूले साथमा भएको बन्दुक, भाला, खुकुरी, खुँडा र लाठीकै भरमा युद्ध लड्दा अंग्रेज तर्फका १२ सय बढी सेना मारिए । युद्धमा अंग्रेजतर्फ जनरल जिलेप्सीको नेतृत्वमा बन्दुकधारी १ हजार गोरा र अढाइ हजार भारतीय गरी ३५ सय फौज थिए । अंग्रेजको आक्रमणलाई सशक्त रूपमा प्रतिकार गरेका नेपालीले एक महिनासम्म आफू बसेको नालापानी किल्ला सुरक्षित राखे । लामो युद्धको कारण खाद्यान्नको कठिनाई झेल्दै आएका नेपाली फौजले अन्ततः किल्लामा आउने पानीको मुहान नै अंग्रेजले बन्द गरिदिएपछि समस्यामा पर्नुप¥यो । यसपछि भने बलभद्र कुँवरले बाध्य भएरै बचेका ७० जना सेनाका साथ १८७१ मंसिर १६ गते बिहानै नालापानी किल्ला छोडे । किल्ला छोड्ने क्रममा पनि वरिपरि घेरेर बसेका अंग्रेज सेनातर्फ फर्किएर वीर बलभद्रले सगौरव भनेका थिए ‘दुर्गा जित्ने कसैको सामथ्र्य थिएन तर अब म आफ्नै खुसीले यो छोड्दै छु’ यो अभिव्यक्ति दिएर बलभद्रको टोली नहानतर्फ लाग्यो । युद्ध सकिएपछि अंग्रेज सैनिकहरूले आफ्ना दिवंगत सैनिक र वीर सत्रु बलभद्रका नाममा सोही स्थानमा दुईवट स्मारक बनाए । बलभद्रको सम्मानमा बनाएको स्मारकमा ‘हाम्रा सुरबीर सत्रु बलभद्र सिंह र उनका बहादुर गोरखालीहरूमा सम्मानोपहार स्वरूप’ अंकित शिलालेख पनि राखिदिए । जुन यद्यपि देरादुनमा देख्न सकिन्छ । नालापानी युद्धमा नेपाल तर्फका चन्द्रवीर थापा, नाथु माझी, दलजित कँुवर, दलजीत साहलगायतका ५ सय ३० जनाले वीरगति पाए । यसलगतै अंग्रेजसँग नेपालले १८७२ सालमा सुगौली सन्धी गरेपछि सो सन्धिप्रति असन्तुष्टि जनाउँदै वीर बलभद्र कुँवर नेपाल छोडेर लाहोर हुँदै अफगानिस्तान पुगे । पछि अफगानिस्तानमै उनको मृत्यु भयो ।
रामचन्द्र प्रसाईबाहेकका अन्य उपरोक्त तीन सपूत राष्ट्रकै नुन पानी खाएका र सुविधा भोग गरेकै व्यक्ति थिए । राज्यलाई आवश्यक पर्दा खटाएको स्थानमा पुगि राष्ट्रहितको कार्य गर्नु उनीहरूको पदीय जिम्मेवारी नै थियो । कार्य सम्पादनका क्रममा सबैले उलेख्य योगदान पु¥याएर चर्चित बने । तर, रामचन्द्र प्रसाई त्यस्ता व्यक्ति थिए न उनले राष्ट्रको नुनपानी नै खाएका थिए, न सेवा सुविधा नै उपभोग गर्थे । रामचन्द्र त धरती माताको सेवा गर्ने आदर्श पुत्र मात्र थिए । आफ्नो भएको सम्पूर्ण श्री सम्पत्तिसहित युद्धमा होभिनुपर्ने बाध्यता पनि रामचन्द्रलाई थिएन । केवल आदर्श नागरिकको हैसियतले मात्रै रामचन्द्र स्वस्फूर्त रूपमै राष्ट्रको अस्तित्व रक्षाको खातिर आफ्नो निजी स्रोत साधनसहितै सरकारी पदाधिकारी सरह युद्धमा होमिए । यस सन्दर्भको विचारणीय कुरा के हो भने पदीय दायित्वले बाँधिएका राज्यका पदाधिकारीले गरेको कार्य र एक सामान्य नागरिकले युद्ध व्यवस्थापनसहित गरेको समान प्रकृतिको उल्लेखनीय कार्यमध्ये कुन बढी महŒवपूर्ण हो ? भन्ने कुरा हामी सबैले मूल्यांकन गर्नुपर्छ । यसको लेखाजोखा गर्ने दायित्व राज्यकै हो ।
तर, रामचन्द्र’bout राज्यले अहिलेसम्म कुनै प्रकारको खोजीनीतिसम्म नगरेर उनीप्रति अन्याय गर्दै आएको छ । राज्यले मात्र होइन, मुलुकका चर्चित इतिहासविद्कै रूपमा परिचित इतहिासकारले समेत एकीकरणको वृत्तान्त किताबमा उल्लेख गर्दा पुरातŒव विभागमै भण्डारण गरिएको छुटाउनु नहुने उपरोक्त सक्कली पत्रसम्म नकेलाई अधुरै इतिहास प्रकाशन गर्दै ल्याए । आफ्नै भण्डारमा थन्क्याइएको स्रोत सामग्रीसमेत नखोजी पाश्चात्य एवं भारतीय इतिहासकारको कथन र वंशावलीमा आधारित तथ्यहीन इतिहासलाई नै साभार मान्दै इतिहास लेख्दै आएकै अधिकांश नेपाली इतिहासकार विगतमा चर्चित बने । तर, तथ्यलाई सदाका लागि लोप गराउने सामथ्र्य कसैमा हुँदैन । तथ्य त इतिहासकै आत्मा हो । यसर्थ यस’boutमा छानबिन गरी रामचन्द्र प्रसाईलाई राष्ट्रले राष्ट्रिय विभूति घोषणा गरे केही हदसम्म उनको राष्ट्रभक्तिको कदर हुन्छ र मृतात्मालाई शान्ति मिल्छ । अहिले राष्ट्रभक्ति त बोलीमै सीमित भइसकेको छ । यसर्थ ओठमा होइन राष्ट्रभक्ति हाम्रो व्यवहारमै प्रतिविम्बित हुनुपर्छ । पृथ्वीनारायण शाहको स्थानमा रहेका अहिलेका राष्ट्रपति, भीमसेन थापाकै ठाउँमा रहेका कार्यकारी प्रधानमन्त्री, वीर बलभद्र कुँवरको स्थानमा रहेका सुरक्षाकर्मी तथा रामचन्द्र प्रसाईसरहकै ३ करोड नेपालीले समेत मातृभूमि सालिन्दा खुम्चिरहेको, नेपाली जनताले नै व्यवहारमा विदेशी बन्नुपरेको, वर्षांैदेखि नेपाली भूमि विदेशीको कब्जामा परेको, आफ्नै भूमिमा विदेशीले विकास निर्माणका स्थायी संरचना निर्माण गरिरहेको तथा समष्टिगत मुलुककै अस्मिता लुटिएको टुलुटुलु हेरी रहने कि ? उपरोक्त वीर सपूतबाट प्रेरणा लिई आफ्नो भूमि फिर्ता ल्याउन सशक्त रूपमा आआफ्नो क्षेत्रबाट बौद्धिक, राजनीतिक, सामाजिक एवं कूटनीतिक पहल गर्ने ? राष्ट्रलाई माया गर्छु भन्ने सबैको तत्कालै यसतर्फ ध्यान पुगोस् ।






