काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत प्रस्थान गरेका छन् । उनी आइतबार दिउँसाे नेपाल एयरलाइन्सकाे नियमित उडानबाट नयाँदिल्ली उडेका हुन् ।
प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलको नाम तय भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३५ सदस्यीय टोलीमा प्रधानमन्त्री बालेनसँगै, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र,मुख्य सचिव, गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, सचिव, रुद्रसिंह तामाङ छन् ।
यस्तै, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुवास शर्मा, लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत सुश्री यांकी उक्याब, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार, सहसचिव गेहेन्द्र राजभण्डारी, शिष्टाचार महापाल कुमार राज खरेल, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री छन् ।
यस्तै, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, सहसचिव सुवास ढकाल, सहसचिव सुनिल पौडेल, प्रधानमन्त्रीका लागि मिडिया व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल, उपसचिव ललिता सिलवाल, उपसचिव विजयराज तन्डुकार, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव लोचन पौडेल, शिष्टाचार अधिकृत दीपकराज निरौला, शाखा अधिकृत मनोज गैरे, प्रधानमन्त्रीका प्रमुख एडीसी लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द विष्ट, प्रधानमन्त्रीका सुरक्षा अधिकृत मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत डीएसपी दीपेश बस्याल, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चाररमिडिया) विनय शाक्य, गोरखापत्रका संवाददाता तारा हमाल ढुंगाना, राष्ट्रिय समाचार समितिका कमलकुमार बस्नेत, नेपाल टेलिभिजनका भिडियोग्राफर अशोककुमार बस्नेत, उपशिष्टाचार महापाल (परराष्ट्र मन्त्रालय) प्रेमराज गौतम, प्रधानमन्त्रीका एडीसी मेजर रोशन केसी र क्यानका महानिर्देशक मुकेश डंगोल छन् ।
सम्बन्धित समाचार
रास्वपामा आफूखुसी उम्मेदवारी घोषणाको लहर, सदस्यता नै खारेज गर्ने चेतावनी
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट रिहा
‘मधेसमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ’
जसपा नेपाल त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रनिधिको पद रिक्त, निर्वाचन आयोगले निकाल्यो सूचना
मौसमी छिचिमिरासँग कोही पनि डराउनु हुँदैन : ओली
प्रधानमन्त्रीको भारत भ्रमण : आर्थिक एजेन्डाको भारी, राष्ट्रिय हितको परीक्षा
प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन काँग्रेसको आग्रह
प्रधानमन्त्री साहको स्वागतका लागि दिल्ली सजाइयो, ठाउँठाउँमा फहराइए नेपाल-भारतका झण्डा






