जनकपुरधाम । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा दिएका छन्। उनीसँगै आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोजकुमार सिंहले समेत राजीनामा दिएका छन्।
मन्त्री यादव र राज्यमन्त्री सिंहले आ–आफ्नो राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएका छन्। प्रदेश सरकारमा माओवादी केन्द्रलाइ समेत सहभागी गराउने तयारी भएपछि दुवैलाई मुख्यमन्त्री राउतले राजीनामा गराउन लगाएका हुन्। दुवैलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाएर विदाइ समेत गरेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)






