देउवालाई विश्वासको मत दिने एमालेमा रहन सक्दैनन् : ओली

 

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने बताएको छ ।

पार्टीको निर्णय विपरीत विश्वासको मत दिनेहरु पार्टीमा रहन नसक्ने अध्यक्ष ओलीले घोषणा गरेका छन् । स्थायी कमिटी बैठकमा नेपाल समुह सहभागी थिएनन् ।

सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले परमादेशबाट आएको सरकारलाई पार्टीको समर्थन नहुने बताएको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान