काठमाडौँ । नेपाली मन उद्योग परिवार र घले कृषि फर्मद्धारा चितवनका बाढी पिडित तथा गरिब चेपाङ्ग परिवारलाई राहत वितरण गरेको छ । नेपाली मन उद्योग र घले कृषि फर्मले संयुक्त रुपमा पिडितलाई खाद्य सामग्री र झुल वितरण गरेको हो ।
नेपाली मन उद्योगकी सञ्चालक बसु माया तामाङ्गले पिडित चेपाङ्ग परिवारलाई १ लाख बढी रुपैयाँको खाद्य सामग्री र सुत्केरीलाई झुल वितरण गरेको बताइन् । उनले ५५ वटा घरपरिवारलाई २५ केजीको एक÷एक बोरा चामल र ५ केजी मुसुराको दाल राहत वितरण गरेको बताइन् ।
उद्यमी तामाङ्गका अनुसार सुत्केरीहरुको लागि २० हजार १२५ रुपैयाँको ५५ वटा झुल वितरण गरेको बताइन् । यसैगरी सुत्केरीहरुलाई र बृद्ध आमालाई ५ हजार ५ सय रुपैयाँ नगद दिएको उनको भनाई छ ।
तपाइको प्रतिक्रिया
(Visited 475 times, 1 visits today)






