कुस्ती खेलाडी बैरागीको हत्यामा संलग्न १० बर्ष पछि पक्राउ

रौतहट । कुस्तीका राष्ट्रिय खेलाडी उपेन्द्र दास बैरागीको हत्या आरोपमा फरार एक अभियुक्तलाई रौतहट प्रहरीले १० बर्ष पछि पक्राउ गरेको छ । साबिक प्रेमपुर गोनाही गाबिस वाड नंं १ का ५० वर्षीय उपेन्द्र दास बैरागीको २०६८ असार २३ गते गौरको जिल्ला अदालत नजिकैको गोली हानी हत्या भएको थियो ।

घटनाको १० वर्ष पछि प्रेमपुर गोनाही गा.वि.स. वडा नं. ३ हाल देवाही गोनाही नगरपालिका वडा नं. ७ बस्ने जगदेव हजराको छोरा सोनफी पासवान भन्ने सोनफी हजरालाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तब्य ज्यान मुद्दमा फरार रहेका हजरालाई पक्राउ गरेको रौतहटका प्रहरी प्रमुख सिद्धि बिक्रम शाहले जानकारी दिएका छन । दश वर्ष देखी फरार रहेका हजारालाई गौर नगरपालिका वडा नं. ५ सडक खण्डमा हिलडुल गरी रहेको अवस्थामा पक्राउ गरेको एसपी शाहले बताए ।

उपेन्द्रदास बैरागी (यादव) ले सन् १९९९ नेपालमा भएको आठौं साफ खेलकुदमा कुस्ती तर्फको खेलमा देशलाई काश्य पदक दिलाएका थिए । देशको नाम राखेको भन्दै तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई लगायत विभिन्न व्यक्ति तथा संस्थाले काठमाण्डौंमा उनको सम्मान गरेको थियो । यसै क्रममा २०५६ पौष ४ गते उनलाई गोरखा दक्षिणबाहुबाट पनि सम्मानित गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन