३४०३ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,१०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

epaper

ताजा समाचार

बझाङको सुगरेमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते