सुनिताको स्वामीकी प्यारी सार्वजनिक

काठमाडौं । लोकगायिका सुनिता दुलालको नयाँ तीज गीत ‘स्वामीकी प्यारी’ सार्वजनिक भएको छ ।
तीज गीतमा विषेश पहिचान बनाएकी सुनिता तीजका मौलिकताबाट कहिल्यै पर गएकी छैनन् । उनको यो गीतमा पनि तीजसंग जोडिएका केही मौलिक परम्परालाई व्यक्त गरेकी छिन् ।

‘सुनिता दुलाल युटयुब च्यानल’ मार्फत सार्वजनिक गीतमा अभिनेत्री गौरी मल्ल, सुमिना श्रेष्ठ, बिना राउत, सरोज राना प्रजाको अभिनय छ । अमेरिका निवासी शिताश्मा भुसालको शब्द रहेको गीतलाई बिबि अनुरागीले संगीतबद्ध गरेका छन् ।

दिपक विष्टको सम्पादन र श्यामश्वेत रसाईलीको मिक्सिङ रहेको गीत अजय रेग्मीले छायांकन र काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । सुनिताका यसअघि ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पु-याइदेउ’, ‘नाचौ सरर’, लगायतका तीज गीत चर्चित छन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

epaper

ताजा समाचार

आज गाईजात्रा पर्व मनाइँदै