खोपले संक्रमणबाट होइन, जटिलता र मृत्युबाट जोगाउँछ

 

विश्व स्वास्थ्य संगठनले हालसम्म ६ वटा अक्सफोर्ड एस्ट्राजेनिकाका, जोन्सन एन्ड जोन्सनको जान्सेन, मोर्डना, बायोएनटेकको फाइजर, बायोटेकको सिनोभ्याक र सिनोफार्मको भेरोसेल छन् । नेपालको औषधि व्यवस्था विभागले कोभिसिल्ड, जान्सेन, स्पुतनिक–भी, कोभ्याक्सिन, सिनोभ्याक र सिनोफार्मका ६ वटा खोप नै छैन । सरकारको लक्षितमध्ये असोजसम्म ३३ प्रतिशत र चैत मसान्तसम्म सबैलाई खोप लगाइसक्ने लक्ष्य छ ।

खोपको उपलब्धता : २०७८ चैत मसान्तसम्म ४ करोड २८ लाख ४८ हजार डोज कोभिड खोप आउने र २ करोड ६५ लाख नागरिकलाई खोप लगाइने आँकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । जसमा १ करोड ५ लाख ४८ हजार डोज असोजसम्म प्राप्त भइसक्छ ।

जापानबाट भदौ पहिलो साता १६ लाख एस्ट्राजेनिका, कोभ्याक्सबाट थप ३ लाख ४८ हजार भदौ अन्तिम साता, चीन सरकारबाट साउन मसान्तसम्म सहयोगस्वरूप १६ लाख, खरिदबाट ७० लाखमा भदौ दोस्रो साता भारतबाट पहिले खरिद गरिएको १० लाख र भदौ मसान्तसम्म चीनबाट खरिद गरिएको ६० लाख प्राप्त भइसक्नेछ । असोजदेखि चैतसम्म कोभ्याक्सबाट १ करोड १३ लाख तथा कोभ्याक्सकै लागत सहभागितामा कोभिसिल्ड, मोर्डना, फाइजर, जेन्सन, सिनोभ्याक्स आदि गरी १ करोड ५० लाख गरी कुल ३ करोड २३ लाख डोज प्राप्त हुने आंकलन छ । जसमा बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप पनि समावेश छ ।

कोभिडविरुद्ध खोपको पहिलो मात्राले मात्रै पनि संक्रमणको सम्भावना आधाले घटाएको देखिएको छ

हालसम्म कोभ्याक्स ३ लाख ४८ हजार कोभिसिल्ड, १५ लाख ३४ हजार ८ सय ५० जेन्सन, वैदेशिक सहायतामा भारतबाट ११ लाख कोभिसिल्ड, चीन सरकारबाट भेरोसेल १८ लाख, खरिदबाट कोभिसिल्ड १० लाख, भेरोसेल ३२ लाख र साउन १५ गते ८ लाख गरी भदौ ५ गतेसम्म करिब सवा करोड डोज खोप प्राप्त भइसकेको छ ।

घरमै पुगी खोप लगाउन सर्वाेच्चको आदेश ः सर्वाेच्च अदालतले खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिक र अशक्तलाई घरघरमा पुगेर खोप दिन सरकारलाई अन्तरिम आदेश साउन २९ मा दिएको छ । असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगी तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्नेहरूको वडास्तरमा लगत संकलन गरी घरघरमा पुगी कोभिड खोप सेवा उपलब्ध गराउन भनेको छ ।
बालबालिकालाई खोप लगाउँदा अरूलाई पनि जोखिम कम ः बालबालिकालाई खोप लगाउँदा सम्भावित फाइदा भनेको अन्य व्यक्तिको जीवन बचाउन सक्छ । बेलायतमा २ देखि १२ वर्षसम्मका बालबालिकालाई नाकमार्फत् एउटा स्प्रे दिइने गरेको छ । जसले कुनै पनि संक्रामक फ्लुबाट उनीहरूका अभिभावकलाई बचाउने गर्छ । यसै सिद्धान्तमा आधारित भएर हर्ड इम्युनिटी बन्नमा मद्दत पुग्ने आशा छ । कोभिडविरुद्धको खोपको पहिलो मात्राले मात्रै पनि संक्रमणको सम्भावना आधाले घटाएको र संक्रमण भइहाले पनि अर्काे व्यक्तिमा फैलाउने सम्भावना कमै भएको देखिएको छ ।

साना नभए पनि ठूला उमेरका बालबालिका संक्रमित हुने र संक्रमण फैलाउने सम्भावना केही बढी छ । माध्यमिक तहका बालबालिकामा संक्रमण हुने र फैलाउने सम्भावना बढी रहेका प्रमाण छन् । त्यसैले बालबालिकालाई पनि खोप लगाइदिँदा संक्रमण फैलने सम्भावना कम हुने देखिन्छ ।

संक्रमणका माध्यमबाट हडइम्युनिटी हुँदा ठूलो क्षति हुने भएकाले खोप नै अन्तिम विकल्प बनेको छ

गर्भावस्थामा खोप : पछिल्लो समय भएका अध्ययनमा कोभिडविरुद्धको खोपले स्तनपान, गर्भवती महिला र गर्भमा रहेको शिशुमा असर नगर्ने पुष्टि भएपछि अमेरिकी सीडीसीले आमा र शिशुलाई संक्रमणबाट जोगाउन खोप लगाउन अगस्टमा स्वीकृति दिएको छ । गर्भवतीमा संक्रमण तथा मृत्यु बढ्दै गएकाले, संवेदनशील, डेल्टा भेरियन्टको उच्च जोखिमले खोप अनिवार्य छ । प्री इक्लाम्प्सिया, बच्चा छिटो जन्मने, गर्भमै बच्चाको मृत्युको सम्भावना बढाएको छ । संक्रमण गम्भीर भएमा गर्भावस्थाको मधुमेह वा कम तौलको बच्चा जन्मिन सक्छ । दुर्लभ तर सत्य भाइरस भु्रणमा प्रसारित हुन सक्छ ।

गर्भपतनको जोखिम कम अर्थात् खोप लगाएका र नलगाएकामा १३ प्रतिशत बराबर छ । अमेरिकासहित १८ देशमा यसअघि नै गर्भवती महिलामा कोभिडविरुद्धको खोप प्रयोग भइरहेको छ । अमेरिकामा २३ प्रतिशत बढी गर्भवती र स्तनपान गराइरहेका महिलाले खोप लगाएका छन् । नेपालमा पनि गर्भवतीलाई खोप दिन त्यसमा छुट्टै स्
थान, समय तालिका बनाई सुरु गर्न असारमै स्त्री समाजले अनुरोध गरेको हो । छुट्टै कार्यक्रम नभए पनि जोखिम समूह, उमेर वर्गअनुसार भने खोप लगाइरहेका छन् ।

६० प्रतिशतमा एन्टिबडी : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृतिमा सेन्टर फर डाइनामिक नेपाल, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले ७७ जिल्लाका १३ हजार ७ सय नागरिकमा गरेको संयुक्त नमुना परीक्षणमा आधाभन्दा बढीमा एन्टिबडी विकास भएको उजागर भएको छ । सर्भेमा ६ महिनादेखि माथि उमेर समूहका नागरिक संलग्न थिए । जसको अन्तिम रिर्पाेट दसैंसम्म सार्वजनिक हुँदै छ । यसअघि २०७७ असोजमा मनाङ र मुस्ताङबाहेक पाँच महिनामाथिका ७५ जिल्लाबाट ६ हजार ५ सय जनाको नमुना संकलनमा १३ प्रतिशतमा एन्टिबडी देखिएको थियो ।
क्यान्सर उपचार गराइरहेका, अंग प्रत्यारोपण गरेका र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खाइरहेकालाई खोपले प्रभावकारिता नदेखाउन सक्छ । तसर्थ, कोही दोधारमा छन् वा रोग प्रतिरोधात्मक क्षमता कम भएका वा रोग प्रतिरोधात्मक क्षमतालाई दबाइएका औषधि खाएकाले पनि एन्टिबडी परीक्षण गराउँदा राम्रै हुन्छ ।

अस्पताल भर्ना र मृत्युमा कमी : भारतस्थित एनआईभीको हालैको अध्ययनले खोप लगाएकामध्ये संक्रमित ९.८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना गर्नपरेको र शून्य दशमलव ४ प्रतिशतको मृत्यृ भएको देखाएको छ । सबैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरियन्टबाट हुने मृत्युबाट ९९ प्रतिशतसम्म बचाउँछ । कोरोनाको संक्रमण र जटिलताबाट बच्न खोप नै एक मात्र विकल्प रहेको देखाएको छ । यस्तै, खोप लगाएका ८० प्रतिशतले अन्य व्यक्तिमा संक्रमण नसार्ने पनि टाइम्स अफ इजरायलमा प्रकाशित इजरायल सरकारको स्वास्थ्य मन्त्रालयको अर्काे अध्ययनमा छ । सार्वजनिक स्थलका अध्ययनमा खोप लिएका १० प्रतिशतले १ जनासम्म र ३ प्रतिशतले २ देखि ३ जनासम्ममा संक्रमण सार्न सक्ने र बाँकी ७ प्रतिशतले फैलाउन सक्छ वा सक्दैन । तसर्थ तेस्रो लहर आए पनि दोस्रोको जस्तो क्षति कम गर्न खोपकै आवश्यकता छ ।

भारतको आईसीएमआरको अध्ययनले खोपको पूर्ण डोज लगाएपछि पनि डेल्टा भेरियन्टले संक्रमण भइरहेकाले अस्पताल भर्ना हुनबाट र मृत्युबाट जोगाए पनि संक्रमणबाट नजोगाउने उल्लेख गरेको छ । खोपको एक वा पूर्ण डोजले संक्रमित हुनबाट नभई मृत्यृ हुनबाट धेरै हदसम्म जोगाउने देखाएको छ ।

भारतमा एक थिंक ट्यांक संस्था एन आईटीआईले गरेको खोजमा कोभिडको दुवै डोज खोप लगाउँदा कोभिडबाट हुने मृत्युमा ९८ प्रतिशत सुरक्षा हुने अध्ययनले देखाएको छ । एक मात्राले पनि कोरोना संक्रमणबाट हुने मृत्युबाट ९२ प्रतिशत जति सुरक्षा दिन्छ । जुलाई ३, २०२१ मा सार्वजनिक उक्त पञ्जाबका प्रहरीमा गरिएको खोज रिपोर्टमा कोरोनाविरुद्ध खोपले कोरोना लाग्न नदिनभन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारी देखाएको छ ।

नेपालमा दुई मात्रा खोप लगाएकामा दुई हप्तापछि संक्रमण नभएको र भए पनि अस्पताल भर्ना हुन परेको थिएन भने मृत्युको त कुरै आएन । पहिलो मात्रा मात्रैले पनि अस्पताल भर्ना र मृत्यु हुन नदिएको दोस्रो लहरमा ज्येष्ठ नागरिकमा देखिएको छ ।

महामारीबाट बच्न खोप : लापर्बाहीले संक्रमण उकालो लाग्दै छ । संक्रमण, मृत्यु जति बढ्दै छ त्यति नै लापरवाह, बिनामास्क हिँडडुल र जमघट गर्नेको संख्या दिनानुदिन सबै क्षेत्रमा बढ्दै छ । सामूहिक प्रतिरक्षा प्राप्त गर्न ७० प्रतिशत बढीमा एन्टिबडी विकास हुनपर्छ, जसका लागि संक्रमणका माध्यमबाट हर्ड इम्युनिटी हुँदा ठूलो क्षति हुने भएकाले खोप नै अन्तिम विकल्प बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने