रामचन्द्र पौडेललाई सिंह र कोइराला परिवारको साथ

 

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि रामचन्द्र पौडेललाई कोइराला र सिंह परिवारका सदस्यले साथ दिने भएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइराला र सिंह परिवारका सदस्य सहभागी थिए ।

वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधि परिवारलाई कांग्रेसमा विरासत परिवारको रूपमा लिइन्छ । महाधिवेशन लक्षित बिहीबारको पौडेल समूहको पत्रकार सम्मेलनमा कोइराला र सिंह परिवारका सदस्य सहभागी भएका हुन् ।

निधि परिवारका विमलेन्द्र निधिले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेकाले पौडल समूहलाई सो समूहको साथ नरहने भएको छ ।

तर, कोइराला र सिंह परिवारको भने साथ रहने बिहीबारको पत्रकार सम्मेलनमार्फत स्पष्ट भएको हो । बिहीबार कोइराला परिवारका शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला र सिंह परिवारका प्रकाशमान सिंहलाई दायाँ बायाँ राखेर रामचन्द्र पौडेलले पत्रकार सम्मेलन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम