सुदूरपश्चिममा समाजवादी बन्यो ठूलो दल, एमाले चाैथाे

 

धनगढी । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ । यसअघि नै १३ प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए भने सोमबार थप एक जनाले सनाखत गरेपछि १४ जना सांसद पुगेका हुन् ।

स‍ोमबार प्रदेश सांसद माया तामाङ (बोहरा)ले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । उनी बझाङकी समानुपातिक सांसद हुन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएकी उनले पार्टी विभाजनसँगै औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरिन ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी, सुशिला बुढाथोकीले समाजवादीको पक्षमा सनाखत गरेका थिए ।

त्यसैगरी तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले पनि माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।

यो सँगै माधवकुमार नेपाल नेतृत्वको समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । ५३ सदस्यीय रहेको याे प्रदेशसभामा सभामुखसहित एमालेका २५ जना, माओवादी केन्द्रका १४ जना, काग्रेसका २२ र जसपा २ जना सांसद रहेकाेका थिए ।

जारी अध्यादेश पछि एकीकृत समाजवादीकाे पक्षमा १४ जनासहित पहिलो दल, माओवादी केन्द्रको पक्षमा १३ (एक निलम्बित) जनासहित द‍ोस्रो दल, काग्रेसको पक्षमा १२ जनासहित तेस्रो दल र एमालेको पक्षमा १० जनासहित चौथो दल बनेको छ । त्यस्तै यसअघि २ जना सांसद रहेको जनाता समाजवादी पक्षमा १ जना र लोसपाका १ जना सांसद रहेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत