अमेरिकाविरुद्ध नेपाल ५ विकेटले विजयी

 

काठमाडौं । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ८४ रनको योगदान दिएपछि आईसीसी विश्वकप लिग– २ को पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित ग-यो । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिजको पहिलो खेल नेपाल नेपालले आफ्नो पक्षमा पारेको हो । टस जितेर फिल्डिङ रोजेको नेपालले जीतका लागि २ सय ३१ रनको लक्ष्य पाएको थियो ।

विकेट किपर मानक पटेलको सतकीय योगदानसँगै अमेरिकाले निर्धारित ५० ओभरमा २ सय ३० रन बनाएको थियो । त्यसबाहेकका अमेरिकी खेलाडी नेपाली बलरसामूह प्रभावशाली बन्न सकेनन् । विक्रम सौब, सन्दीप लामिछाने, सुशन भारीले दुई दुई विकेट लिए भने कुशल मल्लको नाममा १ विकेट रह्यो । नेपालले निर्धारित लक्ष्य एक ओभर बाँकी रहँदा नै पूरा ग-यो । नेपालको तर्फबाट रोहित पौडेलले ६२ तथा विनोद भण्डारीले ३७ रनको योगदान दिएका थिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम