बर्दियामा छिमेकीले बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु

मृतकका छोराछोरी, बुबा र भाइबुहारी । फोटो: सुदीप अधिकारी

गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँमा शुक्रबार राति जंगली जनावरलाई थालेको विद्युत्तीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार, खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् ।

प्रहरीले विद्युतीय पासो थापेको अभियोगमा छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको एसपी कार्कीले बताए ।

 

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा