भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छन ।

भारतीय तस्कर समूहको आक्रमणबाट सशस्त्र प्रहरी जवान सुदीप सुनारको दुवै हातमा चोट लागेको छ । नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार राती दोधाराचाँदनी नगरपालिका–८ को कन्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् ।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले जानकारी दिए । घाइतेहरुको दोधाराचाँदनी स्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तस्करहरुले भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको चिनी रोकेपछि तस्करहरुको समूहले सशस्त्र प्रहरीको टोलीमाथि ढुंगामुढा प्रहार गरेका हुन । भारतीय तस्करको समूहलाई नियन्त्रणको प्रयास गरेको थियो । तर ८÷१० जनाको समूहमा आएका तस्करले सशस्त्र प्रहरीलाई कुटपिट गर्नुका साथै नियन्त्रणमा लिइएको मोटरसाइकल र चिनी पनि लगेर गएको गरेको स्थानीयले बताएका छन् ।

घटना लगत्तै भारतीय एसएसबी र भारतीय प्रहरी घटनास्थल पुगेको थियो । गस्तीमा रहेको सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरुलाई आवश्यक कारबाही गरिने भारतीय सुरक्षाकर्मीले प्रतिबद्धता जनाएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा